५ कात्तिक, काठमाण्डौं । ग्वान्झाओमा हुने
एसीसी महिला टी-२० क्रिकेट एशिया कप खेल्न नेपाली टोली आज चीन जाँदैछ ।
टोली बेलुकी ८ बजेपछि चीन प्रस्थान गर्ने कार्यक्रम छ । चीन जानुअघि नेपाली
टोलीको विदाई गरिने क्रिकेट एशोशिएसन अफ नेपालले जनाएको छ ।
१५ सदस्यीय नेपाली टोलीको कप्तानी रुविना
क्षेत्रीले गर्नेछिन् । नेपालले आफ्नो पहिलो खेल ९ गते श्रीलंकासँग खेल्नेछ
। नेपाल र श्रीलंकासँगै आयोजक चीन र बंगदादेश समूह बीमा छन् भने समूह ए मा
भारत, हङकङ, पाकिस्तान र थाइल्याण्ड छन् ।
