सप्तरी, कार्तिक ४ -
बोक्सीको आरोपमा सप्तरीको पातो- ४ निवासी एक युवती मन्दिर परिसरमै कुटिएकी छिन् ।स्थानीय केही व्यक्तिले पातो–४ निवासी कृपानन्द चौधरीकी २० वर्षीया छोरी
प्रनितालाई पातोस्थित डाक्नेश्वरी मन्दिर परिसरमै कुटपिट गरेका हुन् ।
छोरी प्रनितालाई मन्दिरमा पूजा गर्न जाँदा स्थानीय केही व्यक्तिले बोक्सीलाई पूजा गर्न जान नदिने भन्दै मन्दिर परिसरमा दुव्र्यवहार र कुटपिट गरेको न्याय माग्न सप्तरी सदरमुकाम राजविराज आइपुगेका कृपानन्द चौधरीले बताउनुभयो ।
दोषीमाथि कारबाही गर्न माग गर्दै इलाका प्रहरी कार्यालय पातोमा पीडकविरुद्ध जाहेरी दिन जाँदा लिन नमानेको र प्रहरीले घटनालाई ढाकछोप गर्र्ने प्रयास गरिरहेको चौधरीले गुनासो गर्नुभयो ।
राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा बिबिएसमा पढ्दै गरेकी प्रनिताले मन्दिरमा पूजा गर्न जाँदा बोक्सीको आरोप लगाई अवरोध पुर्याउने र पूजा सामग्री खोसेर कुटपिट गर्नेहरुमाथि कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा समेत किटानी जाहेरी दिएको बताइन् ।