स्याण्डीको बेगले ४० को मत्यु, अरबौंको क्षति(फोटो फिचर)

 
sandy-51 (1)
काठमाण्डौ १५ कात्तिक, ।   समुद्री आँधी स्याण्डीका कारण अमेरिकामा अहिलेसम्म करिव ४० जनाको ज्यान गएको छ भने अरबौं डलर बराबरको क्षति भएको छ । अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएअनुसार मुख्य ब्यापारिक सहर न्यूयोर्कमै करिव १८ जनाको ज्यान गएको छ । अमेरिकाबाट क्यानडातिर १ सय ३० किलोमिटर प्रतिघण्टाका दरले अघि बढिरहेको स्याण्डीका कारण पूर्वी क्षेत्रका दर्जनौ शहर जलमग्न भएको, बिजुली आपूर्ति बन्द भएको र रुख तथा घरहरु ढलेर ठूलो क्षति भएको बताइएको छ । ती क्षेत्रमा सर्वजनिक यातायात बन्द छन भने दैनिक जीवन कष्टकर भएको छ ।
अमेरिकाको केन्द्रीय मौसम बिभागले करिव १४ फिट अग्लो छाल न्यूर्याकमा आएको बताएको छ । न्यूयोर्कबाट न्यूजर्सी जोड्ने रेल सेवा अझै १० दिन अबरुद्ध हुने बताइएको छ ।
तुफानबाट करिव ५ करोड अमेरिकी प्रभावित हुने र करिव एक लाख मानिस आफ्नो घर छाडेर सरकारी शिविरमा आश्रय लिएर बस्नुपरेको बताइएको छ । तुफानका कारण करिव ८० लाख घरमा बिजुली आपूर्ति बन्द भएको अमेरिकी उर्जा बिभागले जनाएको छ ।









तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......