आमाबाबुले
आफ्ना छोराछोरीले आफूलाई सबै कुरा भन्छन् भन्ने सोच्छन् तर छोराछोरीले भने
आफ्ना आमाबाबुलाई सबै भन्ने गर्दैनन् । छोराछोरीले आमाबाबुसँग केही कुरा
लुकाउने गर्छन् । यस्ता केही तथ्य कुराहरू छन् जुन छोराछोरीहरू आफ्ना
आमाबाबुसँग लुकाउँछन्:
१. छोराछोरीले आफ्ना आमाबाबुसँग सबैभन्दा बढी लुकाउने कुरा भनेको आफूले रक्सी पिउने र चुरोट तान्ने कुरा हुन् । यी कुराबाट छोराछोरीले आमाबाबुलाई सकेसम्म अनभिज्ञ नै राख्ने गर्छन् । यस्ता कुरा बाबुआमालाई थाहा नदिन निकै प्रयत्न गर्ने गर्छन ।
२. छोराछोरीले सकेसम्म आफूले सपिङ गर्दा कति खर्च गर्छन् भनेर आमाबाबुले थाहा पाउँदैनन् र यो कुरा छोराछोरीले प्राय बताउन पनि चाहँदैनन् ।

३. छोराछोरीले आफूलाई आमाबाबुले मन नपराएको लुगाका बारेमा प्राय भन्ने गर्दैनन् । बाबुआमाले ल्याइदिएको लुगा छोराछोरीलाई मन नपर्न सक्छ तर त्यसलाई छोराछोरीहरूले खुलाउने गर्दैनन् ।
४. छोराछोरीहरूले प्राय बाबुआमा घरमा नभएको मौका छोपेर साथीहरुसँगको जमघट गर्ने गर्छन् । उनीहरू बाबुआमा घरमा नभएको अवस्थामा साथीअरुलाई घरमा बोलाएर रमाईलो गर्ने गर्छन् ।
५. छोराछोरीले आफ्नो प्रेमीप्रेमीका भएको कुरा पनि प्राय भन्ने गर्दैनन् । सकेसम्म उनीहरू आफ्नो प्रेमीप्रेमीकाबारेमा घरमा भन्ने गर्दैनन् र उनीहरुसँग घुम्न गएको कुरा पनि भन्ने गर्दैनन् ।
६. यस्तै छोराछोरीले बाबुआमाको पर्सबाट पैसा झीकेको कुरा पनि भन्ने गर्दैनन् । यदी भनिहालेपनि धेरै पछी मात्र भन्ने गर्छन् जुन कुराले बाबुआमालाई खासै असर गर्दैन ।