चार इन्चको मध्यम आकारको स्मार्टफोनको
लोकप्रियता देख्दा सामसुङले बाचा गरेको गरेको थियो की उसले पनि छिटै एक
यस्तै प्कारको सानदार मोबाइल फोन ल्याउनेछ भनेर । आखिर सामसुङले बाचा पूरा
गरेरै छाड्यो । कम्पनीले विश्वभर सबैभन्दा बढि रुचाइएको आफ्नो स्मार्टफोन
ग्यालेक्सी एस थ्री सानो स्वरुप बजारमा ल्याएको छ । जर्मनीमा आयोजित एक
कार्यक्रमका बीच सामसुङले ग्यालेक्सी एस थ्री को मिनी भर्सन र्सार्वजनिक
गरेको हो ।
सामसुङ ग्यालेक्सी एस थ्री सामसुङको
फ्लागसीप मोबाइल उत्पादन हो र यहीँ स्मार्टफोनबाट कम्पनीले यो त्रैमासिकमा ७
अर्ब ३० करोड अमेरिकी डलर कमाइ गरेको छ । यहीँ सफलतालाई क्यास गर्दै
एप्पलको आइफोनलाई माथ दिनेगरी सामसुङले एस थ्री मिनी स्मार्टफोन ल्याएको हो
।
एस थ्री मिनी ग्यालेक्सी एस थ्री का
फिचर्सहरु त छन् नै यसको मज्जा भनेको आकारमा सानो तथा मुल्यमा पनि सस्तो हो
। यसको स्त्रिmन ४ इन्चको छ जसमा ८ सय गुण ४ सय ८० पिक्सेल रिजोलुसन हुनका
साथै यो एन्ड्रोइड जेली बिन ४.१ अपरेटिङ सिस्टमबाट चल्छ ।
यसमा एक गिगाहर्जको डुअल कोर प्रोसेसर
रहेको छ । साथै एल इ डी फ्लास सहितको ५ मेगा पिक्सेलको क्यामरा रहनुका साथै
भिडियो कलिङका लागि अर्को अतिरिक्त भिजिए क्यामरा पनि छ ।
यो मिनी स्मार्टफोनमा १ जिबिको र्याम, १६
जिबी देखि ३२ जीबी सम्मको मेमोरी उपलब्ध छ । कनेक्टीभिटीका लागि यसमा
वाइफाइ, जिपिएस, एनएफसी तथा ब्लुटुथ लगायका सुविधा छन् ।
ग्यालेक्सी एस थ्री मिनि आउँदो डिसेम्बर
महिना अर्थात् क्रिसमसको आसपासमा बजारमा आउने बताइएको छ । यसको मुल्य साढे ३
सय देखि साढे ४ सय अमेरिकी डलर सम्म पर्ने बताइएको छ ।



