दशैंमा एसएमएस मात्रै साढे दुई करोडले पठाए

images (1)
काठमाडौँ, कात्तिक ११ । यस बर्षको दशैंको उपलक्ष्यमा तपाईले आफ्ना शुभचिन्तक र मित्रहरुलाई कति एसएमएस पठाउनु भयो त्यो तपाइलेनै जान्ने कुरा हो । तर नेपाल टेलिकमले भने साँढे दुई करोडले एसएमएसमार्फत शुभकामना आदान प्रदान गरेकाको खवर सार्वजनिक गरेको छ ।दशैंको लागी भने र नेपाल टेलिकमले जिएसएम र मोवाइल आदानप्रदान हुने छोटा सन्देशका लागि छुटको अफर गरेको थियो । ‘दशैंको मुख्य ४ दिनमा २ करोड चार लाख एसएमएस आदानप्रदान भएको छ,’ जिएसएम सेवा निर्देशनालय प्रमुख सुरेन्द्र प्रसाद थिकले भन्नुभयो ।एसएमवाट मात्रै टेलिकमले १ करोड २५ लाख रुपैयाँ कमाएको छ । गत बर्ष दशैंको फूलपाती, अष्टमी, नवमी र दशमीमा गरी ४ दिनमा जम्मा १ करोड २८ लाख शुभकामना आदान प्रदान भएको थियो ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......