तेजबहादुर कार्की
क्वालालम्पुर । कम्पनीका मालिकसंग कुरा
गरेको आरोपमा एक नेपालीको मलेसियामा जागिर नै गएकेा छ । मलेसियाको बातु
पहाडको बातु-९, पारित राजामा रहेको एक जापनीज कार्टुन कम्पनी हर्त
प्याकिङ्गमा कार्यरत लमजुङका दिलीप राईलाई शुक्रवार कम्पनिको मालिकसंग कुरा
गरेको आरोपमा नेपाल फिर्ता पठाइएको छ । केही महिना अघि कम्पनिको प्रमुख
मालिक जापनीज मलेसिया आउँदा केहि कुरा गरेको र त्यो कुरा कम्पनीको
म्यानेजमेट सम्हालेका चाईनीजहरुले थाहा पाएपछि आफुलाई नेपाल पठाएको पिडीत
राईले वताए ।
गुरुङ नेपालबाट ३ वर्षको करार अवधिमा
मलेशिया आएको भए पनि एक बर्षको करार अवधि पुरा नहुँदै नेपाल पठाइएको हो ।
नेपालमा हुँदा जापनीज भाषा सिकेर मलेशिया आएका गुरुङ्ग यहाँ पनि जापनीज
कम्पनिमा परेका थिए ।
