ट्वीटले विश्व विख्यात पियानिस्टलाई जेल पुर्‍यायो !


टर्कीका विश्व विख्यात पियानिस्ट फाजिल सेविरुद्ध घृणा फैलाएको र मुस्लिम मूल्य मान्यताको अपमान गरेको आरोपमा मुद्दा चलाइएको छ । उनलाई इस्तानबुलको अदालतमा पेश गरिनेछ । केही ट्वीट सन्देशलाई लिएर सेविरुद्ध मुद्दा चलाइएको हो । सेले ट्वीटमा कट्टरपन्थी मुसलमानहरुको मजाक उडाएका छन् । जसमा उनको अपि्रलको एक ट्वीट पनि सामेल छ । ट्वीटमा भनिएको-मलाई थाहा छैन, तपाईले महशुस गर्नु भएको छ कि छैन ।
तर, कोही निकम्मा छ, तुच्छ छ, चोर हो वा मूर्ख छ भने उसंधै इलामी चरमपन्थी हुन्छ ।’ युरोपेली संघका सांस्कृतिक राजदूत समेत रहेका विश्व विख्यात पियानिस्ट सेले भने घृणा फैलाएको र मुस्लिम मूल्य मान्यताको अपमान गरेको आरोप अस्वीकार गर्दै आएका छन् । अदालतले उनलाई रिहा गर्ने आदेशलाई खारेज गर्दै १८ फेब्रुअरीमा सुनुवाईको मिति तोकेको छ । अदालतले दोषी ठहर गरे उनलाई १८ महिनासम्म जेल हुनेछ । उनलाई निलम्बन सजायको सम्भावना बढी छ । यसको अर्थ दोषी त ठहर हुनेछ तर, सजायको अवधिमा कुनै पनि कानुन अल्लंघन नगरेकोमा सजाय माफ हुनेछ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......