नेकपा-माओवादीले भारतीय गाडी चल्न दिने

 २५ असोज, काठमाडौं । नेकपा-माओवादीले भारतीय गाडी र चलचित्रमा लगाएको रोक हटाएको छ । राष्ट्रिय स्वाधिनताको आन्दोलन गन्तरगत माओवादीले ११ गतेबाट भारतीय नम्बर प्लेटका सवारीको आवागमन र हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाएको थियो ।
माओवादी अध्यक्ष मोहन बैद्य किरण र महासचिव रामबहादुर थापा बादलले बिहीबार संयुक्त विज्ञप्ती निकालेर दशै, तिहार, छठ लगायतका चाडपर्व सुरु भएको तथा उद्योगी र दलहरुको सुझावलाई ध्यानमा राखेर आन्दोलनको स्वरुप परिर्वतन गरेको जानकारी दिनु भएको छ । राष्ट्रिय स्वाधिनता सम्बन्धि जनचेतनामूलक कार्यक्रमहरु जारी नै रहने विज्ञप्तीमा उल्लेख छ । सरकार अझै आफूहरुले अघि सारेको मुद्धा सम्वोधन गर्न चयार नभएको भन्दै विज्ञप्तीमा भनिएको छ-’ यस अवधिमा सरकारद्वारा राष्ट्रिय स्वाधीनताका मुद्दाहरुको सम्बोधन गरिएन भने अझ उच्च स्तरको सडक आन्दोलनमा जान नेपाली जनता बाध्य हुनेछन् । त्यसबाट हुन सक्ने सम्पूर्ण दुस्परिणामहरुको जवाफदेही यही सरकार हुनुपर्नेछ ।’

विगत आफू स्वयम्ले विदेशी नम्बर प्लेटका गाडि र सिनेमालाई नेपालमा रोक्ने भनिएकोमा अहिले सरकारमा पुगेको स्थितिमा ती मुद्दाहरुको सम्बोधन हुने अपेक्षा राख्नु स्वभाविक भएको भएपनि बाबुराम सरकारले असहिष्णुता पूर्वक दमन गर्ने रणनीतिमा लागेको माओवादी आरोप छ ।
राष्ट्रियता सम्बन्धि समस्याहरुको समाधानका लागि भारतसँग भएको असमान सन्धि सम्झौताका साथै माथिल्लो कर्णाली, अरुण तेस्रो, उच्च कोशी बाँध, विप्पा सम्झौता र अन्तर्राष्ट्रिय विमानस्थल लगायत १५ वटा विमान स्थलहरु भारतीय निजी कम्पनीलाई दिने समझ्दारी खारेज गरी समानताको आधारमा नयाँ सन्धि सम्झौताहरु गर्नुको विकल्प नभएको माओवादीको ठहर छ । वर्तमान प्रधानमन्त्रीले राष्ट्रघातको नाङ्गो चरित्र प्रदर्शन गरिरहेको छ आरोप लगाउँदै विज्ञप्तीमा भनिएको छ-’राष्ट्रिय स्वाधिनताको रक्षाको लागि सर्वप्रथमतः यस राष्ट्रघाती सरकारको खारेजी अनिवार्य बन्न पुगेको छ ।’

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......