कला भन्ने कुरो पनि विचित्रकै हुन्छ बा ।
यस्तो विचित्र कलालाई प्रस्तुत गर्न सक्ने मान्छेको दिमागलाई मान्नै पर्छ ।
कतिपय कलाकार त यस्ता पनि हुन्छन् जसले पत्यारै नलाग्ने कलाकारिता
प्रस्तुत गर्छन् ।
इटालीका एक जना कलाकारले पनि आफ्ना
औँलालाई क्यानभास बनाएर औँलामै विश्वका चर्चित व्यक्तिहरुका दुरुस्तै चित्र
बनाएका छन् । ती औँलामा रंग पोतेर बनाएका चित्र हुन् जस्तो लाग्दैन,
साँच्चीकै शालिक नै हुन् की जस्तो भान हुन्छ ।
डिडो भोन टिज नामका ती कलाकारले आफ्ना
पाँचवटै औँलामा विभिन्न विश्वचर्चित व्यक्तिका दुरुस्तै चित्र कोरेका छन् ।
उनले स्टिभ जब्स, माओ, गद्दाफी तथा दलाई लामा र चे ग्वेभारालाई पनि आफ्नै
औँलामा अटाइदिएका छन् । हेरौँ औलामा अटाइएका यी आकृति





