७ कात्तिक, बाँके । विजयादशमीका अवसरमा
नवौँ दिनसम्म नवदुर्गा भवानीको व्रत बस्ने भक्तहरूको आज बागेश्वरी मन्दिरमा
जिब्रो छेड्न भिड लाग्यो ।
महानवमीका दिन आज जिब्रो छेड्दा केही
छिनका लागि देवी शक्ति मान्छेको आत्मामा प्रवेश गर्छ भन्ने मान्यताअनुरूप
जिब्रो छेड्न घुइँचो लागेको हो ।
जिब्रो छेड्नेले मानिसको भविष्यवाणी गर्न
सक्ने भएको भविष्यवाणी सोध्न भिडसमेत लागेको थियो । उनीहरूले जिब्रो छेड्दा
रगत देखिँदैन । रासस
