१५, कात्तिक, काठमाडौं । वाणिज्य तथा
आपूर्ति व्यवस्थापन विभागले दशैंको बेला व्यापारिक र्फमहरूमा गरिएकोे
अनुगमनसम्बन्धी प्रगति समीक्षा सार्वजनिक गरेको छ । असोजमा १ सय ७४
व्यापारिक र्फमको अनुगमन गरिएको विभागले जनाएको छ । ४९ वटा र्फमलाई
मूल्यसूची राख्न तथा अद्यावधिक गर्न, लेवल नभएका सामान बिक्री नगर्न,
व्यवसाय दर्ता तथा नवीकरण गर्न तथा खाद्य अनुज्ञापत्र पेस गर्नलगायतका
निर्देशन दिइएको विभागको भनाई छ ।
यस्तै यसैगरी भ्याट वा प्यानको
प्रमाणपत्र लिन र बिलविजक लिनदिन, म्याद नाघेका वस्तुको बिक्री वितरण नगर्न
व्यवसायीलाई निर्देशन दिइएको छ ।विभागका अनुसार असोजमा अनियमित गर्ने तीन
व्यवसायीको व्यवसाय बन्द गरिएको, चार व्यवसायीको नमुना सङ्कलन गरी
परीक्षणका लागि पठाइएको, शुभश्री ट्रेडिङले लेवल नलगाई वस्तु बिक्री
गरेकाले मुद्दा दायर गरिएको छ ।
यस अवधिमा म्याद नाघेका एकसय ९७.२ लिटर
हल्का पेय पदार्थ नष्ट गरिएको छ । दुई केजी चिल्ली सस, ६० लिटर जारको पानी,
३०० यम एल जुस, ६० वटा रिसिप औषधि, छ केजी निम्की, नौ प्याकेट अनरसा, २००
ग्राम बुष्ट छ वटा, विभिन्न प्रकारका बिस्कुट ४५ प्याकेट, चाउचाउ १० पिस,
दुई केजी उपहार चिया, बिएमसी मसलालगायतका सामग्री नष्ट गरिएको विभागले
जनाएको छ ।
