१९ वर्षको अथक प्रयासपछि मनाङ्मा सडक वाटो निर्माण


images
काठमाडौं, कार्तिक ४ । मनाङमा मोटर गुडेपछि मनाङवासीहरु दशैंमा मोटरमा ओहोरदोहोर गर्न पाएर दंग परेका छन् । १९ बर्षको अथक प्रयासमा सडक निर्माणको काम सम्पन्न भएपछि नेपाली सेनाको कार्यदल गणले सार्वजनिक यातायातको साधनलाई आवतजावत गर्न अनुमति दिएपछि मनाङवासीहरु दंग परेका हुन् । झण्डै चार दिनकोे यात्रा गर्न बाध्य उनीहरु आफ्नै आँगनमा मोटर देख्न पाउँदा निकै खुसी भएका छन् । सडक नबन्दा मनाङवासीलाई यातायातको लागि हवाई यात्रा बाहेक अर्को विकल्प थिएन । अहिले मोटर पुगेपछि जिल्ला बाहिर रहेका मनाङ्गीहरु दशैं मनाउन खुसी मान्दै गाउँ फर्किएका छन् । यस्तै, अन्नपूर्ण पदमार्गमा आउने पर्यटकलाई समेत सुबिधा पुगेको छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......