हालैको
एक अध्ययनले निकै रोचक तथ्य प्रकाशमा ल्याएको छ । अध्ययन अनुसार पुरुषहरु
महिलाको तुलनामा सेक्स सम्बन्धि सपना बढि देख्छन् । उता महिलाहरु भने ऐठन
पर्ने खालका तथा डराउने खाले सपना बढि देख्ने गर्छन् ।
क्यानडाको मन्टि्रयल विश्वविद्यालयका
सोधकर्ताहरुले ११ वर्षलगाएर गरेको अध्ययन अनुसार २० देखि ३० वर्षो उमेरमा
महिला तथा पुरुष दुबैमा राम्रा सपनाको मात्रा निकै कम हुन्छ ।
अध्ययन अनुसार सेक्सका विषयमा महिला र
पुरुष दुबैले सपना देख्छन् तर यस्तो मात्रा महिलाको तुलनामा पुरुषमा बढि
हुन्छ । अधिकांस पुरुषको सपनाको विषयवस्तु सेक्स हुन्छ अर्थात् ८५ प्रतिशत
पुरुष सेक्सको सपना देख्छन् । र्सर्भेमा विभिन्न ५६ प्रकारका सपना
जानकारीमा आए । त्यसमा लड्ने, तैरने, र्सप, बाढी तथा दाँत खसेको लगायतका
पनि थिए ।
अध्ययन अनुसार ७३ प्रतिशत महिलाले नियमित
सेक्सका सपना देख्छन् । धेरै महिला अर्थात् ८३ प्रतिशतले सपनामा आफुलाई
कसैले पछ्याएको देख्छन् । यस्तै मरेको, अपांग भएको तथा र्सपले डसेको सपना
पनि महिलाले धेरै देख्छन् । महिला र पुरुष दुबैले समान रुपमा देख्ने सपना
भनेको कुनै ठाउँमा लडेका सपना हुन् ।
अध्ययन अनुसार उमेर बढ्दै जाँदा सपनाका प्रकारमा पनि कम हुँदै जान्छ अर्थात् मान्छेले सपना देख्ने दर कम हुन्छ ।

