धौलागिरी अञ्चल अस्पताल बागलुङ डाक्टरबिहीन

download

बागलुङ, कात्तिक ११ । पछिल्लो समय पोखरा लगायतका अस्पतालमा बिरामीहरुलाई पठाउने रिफर केन्द्रकारुपमा बिकसित हुँदै आएको धौलागिरी अञ्चल अस्पताल बागलुङ अहिले स्वयं डाक्टरबिहीन बनेको छ । दशैँमा घर हिँडेका डाक्टरहरु शुक्रबार सम्मपनि अस्पतालमा नआईपुग्दा अस्पताल डाक्टरबिहीन बनेको हो । अस्पतालका सुपरिटेन्डेण्ट डा तरुण पौडेल लगायत डाक्टरहरु श्रीकृष्ण भट्ट, सुर्य हमाल, जीवन थापा, रोजिन सुवेदी, प्रमोद गौडेल, तृप्ती अधिकारी, आश्वीन श्रेष्ठ दशैँ मनायन घर हिँडेपछि सेवाग्राही मर्कामा परेका छन् । अस्पतालका प्रमुख डा पौडेल अन्य सबै डाक्टरलाई बिदा दिएर आफु पनि काठमाडौ गएपछि सेवा प्रभावित भएको अस्पताल स्रोतले बताएको छ । बडादशै भन्दा अघि दशै मनाउन गएपछि डाक्टरहरु दुई बर्षे तालिमका लागि आएका डाक्टर रश्मि शर्माले अस्पताल धानेका छन् । प्रमुख डाक्टर पौडेलले कसलाई निमित्त प्रमुखको जिम्मेवारी दिएर बाहिर गएको भन्ने बारे आफुलाई जानकारी नभएको डा शर्माले जानकारी दिए ।
धौलागिरी अञ्चल अस्पताल विकास समितिका अध्यक्ष कृष्ण केसीले भने अस्पताल जस्तो संवेदनशील क्षेत्रमा सबै डाक्टर बिदामा गएर गैर जिम्मेवार कार्य गरेको बताए । अरु सबैलाई बिदा दिएर प्रमुख आफै बिदामा बस्नु हुदैनथ्यो केसीको भनाई थियो । उनले डाक्टरहरु अस्पतालको सेवा नै प्रभावित हुनेगरी बाहिर गएको बारे अध्ययन गरेर आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएका छन् ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......