
सामाजिक
सञ्जाल वेवसाइट फेसबुक सित्तैमा प्रयोग गर्ने अवसर सकिने भएको छ। पछिल्ला
दिनहरुमा फेसबुकको व्वालमा एउटा सूचना अत्याधिक मात्रामा प्रसारित हदै आएको
छ। अव फेसबुक प्रयोगक्ताले हरेक महीना करिव हजार रुपयाँ सेवा लिए वापत रकम
तिर्नु पर्ने हुन्छ।
के छ त सूचनामा?
‘फेसबुकका सबै प्रयोगक्तामा जरुरी सूचना,
फेसबुक सित्तैमा प्रयोग गर्ने हो भने यस सूचनालाई ध्यान दिनु होला, नत्र
भने मासिक लागत तिर्नु पर्ने हुन्छ’। फेसबुकले सदस्यताको लगि भर्खरै शुल्क
निर्दारण गरी गोल्ड, सिल्वर र ब्रोन्ज सदस्यताको लागि क्रमस ९.९९, ६.९९ र
३.९९ डलर प्रति महिना छुट्याएको छ। ‘यदि तपाई आज राती सम्म यस सूचनालाई
आफ्नो व्वालमा ‘कपी-पेस्ट’ गर्नु भएमा, यो सेवा सित्तैमा पाउन सक्नु हुने
छ।फेसबुकले आफ्नो पेज परिवर्तनको कारणले यो नयाँ योजना ल्याउन लागेको’
सूचना मा उल्लेख छ।

फेसबकले सित्तैमा प्रयोग गर्ने भन्ने
बारेमा बढी जोड दिएको र प्रयोगक्ताहरु सँग प्रसारितका लागि अनुरोध गरेकोले
यस प्रकारमा सूचना स्पाम हुन सक्ने बताइन्छ। तर फसबुकको तर्फबाट भने कुनै
पनि आधिकारी अभिव्यक्ति नआएकोले यो हल्ला मात्र हुन सक्ने यस क्षेत्रका
जानकारहरु बताउदछन्।
