मोहन कोईराला नेपाली कविताका बहु चर्चित कवि
हुन्।यिनका प्रारम्भिक कविता स्वच्छन्दतावादसँग लहसिएका भए तापनि पछिल्ला
कविताहरू प्रयोगधर्मी र आधुनिकतावादी छन्।यिनले थुप्रै फुटकर कविताका साथै
प्रयाप्त सङ्ख्यामा लामा कविता पनि लेखेका छन्।यिनका प्रयोगवादी कविताहरू
सहज पठनिय नभएर विशेष र व्याख्येय छन्। बौद्धिक जटिलताका कारण यिनका केही
कवितामा सम्प्रेषण अवरोध पनि पैदा भएको छ।यिनका कविताले विशिष्ट बौद्धिक
पाठकको अपेक्षा गर्दछ।
मोहन कोईरालाले नेपाली कविताको
विशिष्ट बान्की प्रस्तुत गरेका छन्। यिनका कवितामा विसङ्गतीवाद,अस्तित्ववाद
र प्रतीकवादले खास भूमिका खेलेका छन्।यिनका दुरूह कविताहरू समग्रमा
नअर्थिई पङ्क्ती-पङ्क्ती वा पङ्क्ती समूहमा अर्थिन्छन्।यो दुरूहता संरचनागत
विश्रृङ्खलता र भाषागत अमूर्तताका कारण उत्पन्न भएका हो।यसबाट उनका
कवितामा सम्प्रेषण प्राय: क्षति भई कविता दुर्बोध हुन पुगेको छ।आख्यानको
अभाव वा अल्पता,अनुभूतीको गहनता र प्रयोगवादी आग्रहका कारण यिनका कविताहरू
खण्डखण्डमा ग्रहण गर्न सकिने तर समग्रमा फुत्केका हुन्छन्।पङ्क्तीहरूमा
आपसी अन्वयको आभावका कारण कवितालाई अर्थ सुत्रले बाधेका छैन।फलस्वरूप
कवितालाई पङ्क्तीहरूले समग्र अर्थतर्फ डोर्याएको पाइँदैन।यिनका पछिल्ला
कविताहरू भने केही सरलतातिर उन्मुख छन्।
मोहन कोईराला नेपाली कविताका विशिष्ट गद्य कवि हुन्।भान वा विचारगत अमूर्तता भएकोले यिनका कवितामा बाह्य लयको स्वल्पता पाईन्छ। जटिल विम्व र दुरूह प्रतिकको प्रयोगको कारण यिनका भाषा शैली पनि दुरूह र जटिल बन्न पुगेको छ।अपरम्परित अभिव्यक्ती,भाषीक तथा आर्थी विचलन,वाक्य गठनगत जटिलता आदिका कारण यिनको शैली रूक्ष र परोक्ष हुन पुगेको छ।यिनको यही रूक्ष,परोक्ष र दुर्बोध शैली नेपाली कवितामा नयाँ ढप र बान्की भएर स्थापीत भएको देखीन्छ।यस तथ्यले कवितामा नयाँपन थपेको हुँदा यिनलाई आधुनिक नेपाली प्रयोगवादी कविहरूमा महत्वपूर्ण कवि मानिन्छ।
सर मैले कपीमा नलेखी मोवाईलमा लेखेको कस्तो भयो प्रतिक्रीया पाउ है।
विक्रम पालुंग्वा ,झापा /हाल कतार