सर्प, छेपारो, माछा, बाँदर, कुकुरको मासु
खाने विषयमा बहस हुने चीनमा फेरि अर्को नयाँ जनावरको मासु र रगत खाने
विषयले चर्चा पाएको छ । यतिबेला चिनियाँको निशानामा बाह्रसिंहे परेको छ ।
चीनको नानजिंग प्रान्तका एक किसानले
सार्वजनिक गरेको तस्वीरमा त्यहाँका मानिसले निर्ममता पूर्वक बाह्रसिंहेलाई
पक्रिएर उसको सिङ् एउटा आरीको सहायताले काटेका छन् । उक्त सिङ्बाट आएको रगत
तँछाड मछाड गर्दै पिएका छन् । उनीहरुले खुन पिउँदा सेक्स पावर बढ्ने र
स्वास्थ्य पनि मजबुद हुने दाबी गरेका छन् । पछिल्लो समय चीनका ग्रामिण
भेगमा बाह्रसिंहेलाई पक्रेर सिङ्को रगत पिउने परम्परा जस्तै बनेको छ ।
त्यहाँका महिला, पुरुष, युवा तथा
बुढाबुढीले पनि ताजा खुन पिउन हत्ते गर्ने गरेका छन् । गाउँलेले पक्रेकको
बाह्रसिंहेलाई समातेर सबै मानिसको अगाडी उसको सिङ्मा काट्दै त्यहाँबाट आएको
रगत एक भाँडोमा जम्मा गर्छन् । विचरा त्यो जनावर छटपटाउँदा छटपटाउँदै
ज्यान गुमाउन बाध्य हुने गरेकोछ ।

