सहमति नभए पनि पूर्ण बजेट ल्याइन्छ : सापकोटा

राष्ट्रपतिले के गर्छन् हेरौंला'

१५ कात्तिक, काठमाडौं । एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नीप्रसाद सापकोटाले दलहरुवीच सहमति नभए पनि सरकारले पूर्ण बजेट तयार पारेर राष्ट्रपति समक्ष पेश गर्ने तयारी गरिरहेको खुलासा गर्नुभएको छ । राजधानीमा बुधबार रिपोर्ट्स क्लवले गरेको कार्यक्रममा उहाँले भन्नुभयो -’बिहीबार बस्ने शीर्ष बैठकमा बजेटको विषयमा सहमति नगर्ने हो भने सरकारले पूर्ण बजेट बनाएर राष्ट्रपति कहाँ पठाईदिन्छ, राष्ट्रपतिले के गर्छन् हेरौंला ।’ सरकारको निर्णय राष्ट्रपतिले मान्नैपर्ने उहाँको भनाई थियो ।
तर विपक्षी दलका नेताहरुले भने बिना सहमति सरकारले बजेट ल्याउन नसक्ने बताएका छन् । कार्यक्रममा कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूले सहमतिबिना सरकारले केही गर्न नसक्ने भन्दै बिना सहमति आउने बजेटमा आफ्नो पार्टीले समर्थन नगर्ने बताउनुभयो ।
यस्तै एमाले नेता भीम रावल सहमतिको सरकारले मात्रै बजेट ल्याउन सक्ने भन्दै त्यसकै लागि आफ्नो पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले सात बुँदे प्रस्ताव ल्याएको बताउनुभयो । ‘सहमति कायम गरेर बजेट ल्याउन नसक्नु प्रधानमन्त्रीको गैरजिम्मेवारीपन हो’ उहाँले भन्नुभयो-’त्यसलाई लिएर विपक्षीहरुमाथि आक्रोस पोख्नु लाचारी पन हो ।’
यस्तै राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष डा. प्रकासचन्द्र लोहनीले बजेट आर्थिक सहित राजनीतिक दस्तावेज समेत भएकोले त्यसमा राजनीतिक सहमति हुनु अनिवार्य भएको बताउनुभयो । ‘सहमति नभए पनि राष्ट्रपति समक्ष पठाउने भन्ने कुरा गैरजिम्मेवारपूर्ण हुन्छ’ उहाँले भन्नुभयो ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......