
आफैंले
जन्माएर हुर्काउँदै गरेकी आफ्नै छोरीलाई बाबुले नै करणी गर्यो भन्दा
जोकोहीलाई आश्चर्य लाग्न सक्ला र पत्याउन गाह्रो पनि होला । तर इटहरीमा आज
यस्तै घटना भएको सार्वजनिक भएको छ ।आफ्नै छोरी करणी गरेको अभियोगमा
प्रहरीले बाबुलाई पक्राउ समेत गरेको छ । सुनसरीको इटहरी–५ स्थित जनता
बस्तीका मौले दर्जीमाथि आफ्नै १० वर्षीया छोरीलाई करणी गरेको आरोप लागेको छ
।उनलाई सोही अभियोगमा इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको इलाका
प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । घरमा कोही नभएको समयमा अश्लील
चलचित्र देखाउँदै गरेको अवस्थामा स्थानीयद्वारा नियन्त्रणमा लिई उनलाई
प्रहरीको जिम्मा लगाइएपछि सो घटना सार्वजनिक भएको हो ।
