किन व्यर्थै खार्छौ देश खार बरू मलाई नै
किन टुक्रा पार्छौ देश पार बरू मलाई नै
अस्तित्व नै आफ्नो आफै पराईको हात दिई
किन पर सार्छौ देश सार बरू मलाई नै
के मधेशी के पहाडी सबै हामी नेपाली हौ
किन सिमा बार्छौ देश बार बरू नलाई नै
लाखै बर्ष तिम्रो आयू भई दिन्छ यदि भने
किन तल झार्छौ देश झार बरू मलाई नै
जन्मी हास्दै खेल्दै यही हुर्की बढी भई यूवा
किन आफै मार्छौ देश मार बरू मलाई नै
बिक्रम पालुंग्वा/झापा हाल दोहा

