अमेरिकाको बाल्टिमोर शहरमा “दशैं पार्टी” भव्यताका साथ सम्पन्न

baltimore


वाशिंगटन डि.सी – नेपालमा युगौं देखी दबाईएका र पछाडी पारिएका समुदायको मुक्तीको लागी अमेरिका देखी आवाज ऊठाऊने संस्था नेपाली-अमेरिकन सोशाईटी फर अप्प्रेस्ड कम्युनिटी (नासो) ले अमेरिकाको बाल्टिमोर शहरमा आयोजना गरेको “दशैं पार्टी” भव्यताका साथ सम्पन्न भएको छ।
नेपाली दुतावास, वाशिंगटन डि. सी. का ऊप-नियोग प्रमुख श्री अर्जुन कान्त मैनाली कार्यक्रमको प्रमुख अतिथी हुनुहुन्थ्यो। पार्टी शुरू हुनु अघि आयोजित औपचारिक कार्यक्रममा, ऊप-नियोग प्रमुख श्री अर्जुन कान्त मैनालीले दुर्गा भवानीको फोटोमा “नव-दुर्गा पुजा” गरेर कार्यक्रमको उद्घाटन गर्नुभयो। नासोका सचिब राज सेन्चुरीले कार्यक्रम-शुरुवात गर्नुभएको उद्घाटन-समारोहमा संस्थाका ऊपाध्यक्ष गोपाल सेन्चुरीले स्वागत-भाषण गर्नुभएको थियो।

नासोका अध्यक्ष श्री दिपकजंग बिश्वोकर्माले कार्यक्रममा ऊपस्थित भइदिएकोमा सहभागी सबैलाई
आयोजक संस्थाको तर्फबाट धन्यवाद दिँदै – नेपाली संघ, संस्थाका प्रतिनिधीहरूलाई बिजया दशमी-२०६९ को शुभकामना आदान-प्रदान गर्ने मौका प्रदान गर्नुभयो। नेपालमा दलित महिलाहरूको मुक्तीको लागी लागीपरेको (NGO) “ईम्पावोर दलित ऊमन फर नेपाल” का संस्थापक बिष्णु माया परियारलाई बिजय दशमीको शुभकामना-मन्तब्य दिन आयोजकहरूले निम्त्याएका थिए।
आयोजकहरूको निम्तोमा दुईहजार किलोमीटर टाढा बोस्टन देखि लामो यात्रा गरेर आऊनुभएकी
महिला नेत्री बिष्णु माया परियारले कार्यक्रममा बिजय दशमीको शुभकामना-मन्तब्य दिनुभयो।
यसैगरी, कार्यक्रममा निम्नलिखित संघ,संस्थाका प्रतिनिधीहरूले बिजय दशमीको शुभकामना-मन्तब्य दिएका थिए:
१) धरम बिश्वोकर्मा, निबर्तमान अध्यक्ष-”नासो”
२) खेम भट्टचन, निबर्तमान अध्यक्ष, अमेरिका-नेपाल सोशाईटी, वाशिंगटन डि.सी.
३) मिलन राई, ऊपाध्यक्ष, एन.आ.एन.-अमेरिका
४) प्रकाश नेपाल, अध्यक्ष-अन्तराष्ट्रिय नेपाली साहित्य समाज, डि.सी. मेट्रो
५) बिष्णु कुमारी थापा, अध्यक्ष, महिला संगठन “एन् वा” तथा एन.डब्लु.जी.एन.
६) डि.बी. सागर बिश्वोकर्मा, अध्यक्ष, आई.सी.डि.आर
७) बिजय श्रेष्ठ, अध्यक्ष, बाल्टिमोर एसोसिएसन अफ नेप्लिज ईन अमेरिका (बाना)
८) सिजन श्रेष्ठ, अध्यक्ष, नेवा: अर्गनाईजेसन् अफ अमेरिका
९) राजेन्द्र सेन्चुरी (कुमार), अध्यक्ष-नेपाली कांग्रेस/जन सम्पर्क समिती, बाल्टिमोर च्याप्टर
१०) कृष्ण सोब, प्रमुख निर्बाचन-आयुक्त, निर्बाचन आयोग-अमेरिका नेपाल सोशाईटी
११) कृष्ण चुरारा, नासो-सल्लाहकार
१२) बिश्वोराज थापा, प्रधान-सम्पादक, Eneplease.Com
शुभकामना मन्तब्य रातीको ९.०० बजे सम्म चलेको थियो।
साँझ ६.०० बजे शुरू हुने भनिएको रात्री भोज रातीको ९.०० बजे मात्रै शुरू भएको थियो।
न्युयोर्क देखि आएकी ख्यातीप्राप्त गायीका सपनाश्री, तिलक श्रेष्ठ, दिनेश भण्डारी, नेपालका चर्चित दोहोरी-गायक रमेश परियार र स्थानीय कलाकारहरूले प्रस्तुत गरेको रोचक सांस्कृतिक-कार्यक्रम मध्येरात सम्म चलेको थियो। दोहोरीगीतमा दर्शकहरू निक्कै नै नाचेका थिए। सांस्कृतिक-कार्यक्रम बिक्रम पोखरेलले संचालन गर्नुभएको थियो।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......