जम्बो कमिटिसहित ‘जनजाति पार्टी’ जन्मियो

साँघुरो बाटो लिनुभयो: चैतन्य सुब्बा

७ मंसिर, काठमाडौं । जनजाति नेताहरुले अशोक राईको अध्यक्षतामा ‘संघीय समाजवादी पार्टी’को घोषणा गरेका छन् । बिहीबार राजधानीमा कार्यक्रम गरी राईको अध्यक्षतामा ८ उपाध्यक्ष, एक महासचिव, ३ उपमहासचिव र ५ सचिवसहित ९९ सदस्यीय जम्बो केन्द्रीय तदर्थ समिति घोषणा गरिएको छ ।
पार्टीका उपाध्यक्षहरुमा विजय सुब्बा, दुर्गामणि देवान, प्रेमकृष्ण पाठक, बीरवहादुर लामा, हेमराज राई, रकम चेम्जोङ, रिजवान अन्सारी र गोपाल ठाकुर रहनु भएको छ । देवान कांग्रेसका पूर्व सांसद एवं हुन् भने अन्य ७ जना एमाले परित्याग गरेका नेताहरु हुन् ।
यस्तै पार्टीको महासचिवमा राजेन्द्र श्रेष्ठ र उपमहासचिवमा अजम्बर काङमाङ राई, राधा तिमिल्सिना र नोर्साङ शेर्पा छन् । श्रेष्ठ र काङमाङ एमाले त्यागेका हुन् भने तिलम्सिना नेकपा एकीकृतका पूर्व सभासद् र शेर्पा कांग्रेसका जिल्लास्तरीय नेता हुन् ।
पार्टीको केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा मंगलसिद्धि मानन्धर रहनु भएको छ भने अनुशासन समितिको अध्यक्षमा रणध्वज काङमाङ रहनु भएको छ ।
नयाँ पार्टी घोषणा गर्दै अध्यक्ष राईले जनताको चाहनाअनुसार नयाँ विकल्पका रुपमा आएको बताउनुभयो । ‘केही नेताको आत्मासन्तुष्टीका लागि होइन । केही नेताको अहंकार पुष्टिका लागि पनि होइन’ राईले भन्नुभयो-’यो पार्टी नेपाली जनताको खातिर निर्माण गरेका हौं ।’
तीन वा चार दलबीच मात्र हुने सहमति राष्ट्रिय सहमति नहुने भन्दै उहाँले अबको छलफल र वार्तामा आफूहरुको पनि सहभागिता हुनु पर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो-राष्ट्रिय सहमतिमा हाम्रो हिस्सेदारी र सहभागिता माग्छौं । मुलधारका भनिएका दलहरु असफल भएपनि आफूहरुले कोठाभित्र सहमति गरेर सम्पूर्ण जनताले मन्नु पर्ने नैतिक अधिकार पनि गुमाइसकेका छन् । उहाँहरुले नयाँ पुराना सबै दल र जनताको प्रतिनिधित्व गर्ने संघ संस्था गरेर मात्र सहमति गर्नुपर्छ । ३/४ दलको सहमति अब राष्ट्रिय सहमति हुन सक्दैन ।’
एकीकृतबाट ८ सहभागी
नयाँ पार्टीको केन्द्रीय कमिटीमा नेकपा एकीकृतबाट राधा तिमल्सिनासहित ८ जना सहभागी छन् । एकीकृतका केन्द्रीय सदस्य भूपेन्द्र नेम्वाङ, लीला सिटौला र पूर्व विद्यार्थी अध्यक्ष भीम राई नयाँ पार्टीको केन्द्रीय सदस्य बनेका छन् भने एकीकृतमा जिल्ला तहमा रहेका संखुवासभाका सचिव दीपक याख्खा र सनबहादुर राईले पनि केन्द्रीय पद पाएका छन् । उपमहासचिव अजम्बर राईका अनुसार एकीकृत माओवादी र वैद्यपक्षबाट समेत केहीलाई सदस्य बनाइएको छ । रार्यका अनुसार कांग्रेसबाट लगभग एक दर्जन प्रवेश गरेका छन् ।
उहाँहरुले साँगुरो बाटो लिनुभयो- सुब्बा
अधिकांश एमाले परित्याग गरेका नेताहरुको सहभागिता रहेको नयाँ पार्टी ‘संघीय समाजवादी पार्टी’मा लोकतान्त्रिक समूहका नेताहरु भने अटाएनन् । उनीहरुले अशोक राई समूहलाई साँघुरो बाटो लिएको आरोपसमेत लगाएका छन् ।
माक्र्सवादलाई संघीय समाजवादको प्रेरक सिद्धान्त बनाउनु पर्ने अशोक राईको अडानपछि जनजातिहरुको राष्ट्रिय पार्टी गठन गर्न जुटेका चैतन्य सुब्बा, कृष्ण भट्टचन, पासाङ, शेर्पा, डा. ओम गुरुङसहितका जनजाति अगुवा र कांग्रेस परित्याग गरेका कुमार राई समूह भने नयाँ पार्टीमा सहभागी नभएका हुन् ।
‘नयाँ शक्ति निर्माणको कुरा गरे पनि उहाँहरुले निकै साँघुरो बाटो लिनुभयो’ चैतन्य सुब्बाले अनलाइखबरसँग भन्नुभयो-’उहाँहरु पूरानै पार्टी एमाले ध्वस्त पार्न मात्र लाग्नुभो ।’
अशोक राई समूहमा नगएकाहरुले अब सामाजिक लोकतान्त्रिक बहुल राष्ट्रिय पार्टी गठनको तयारी थालेका छन् । ‘हामीले पहिल्यै पार्टी प्रस्ताव गरेका थियौं, अब उनीहरुसँगै जान तयार नभएपछि त्यसलाई कसरी सुसंठित गर्ने भन्नेमा केन्दि्रत भएका छौं ।’ सुब्बाले भन्नुभयो ।
घोषणापत्र हेर्न यहाँ क्लिक गर्नुहोला ।
कमिटीको पूर्ण विवरण 
सङ्घीय समाजवादी पार्टी, नेपाल (केन्द्रीय तदर्थ समिति)
१. अशोककुमार राई – अध्यक्ष
२. विजय सुव्वा – उपाध्यक्ष
३. दुर्गामणी देवान – उपाध्यक्ष
४. प्रेमकृष्ण पाठक – उपाध्यक्ष
५. वीरवहादुर लामा – उपाध्यक्ष
६. रकम चेम्जोङ – उपाध्यक्ष
७. हेमराज राई – उपाध्यक्ष
८. मोहम्मद रिजवान अनसारी – उपाध्यक्ष
९. गोपाल ठाकुर – उपाध्यक्ष
१०. राजेन्द्र श्रेष्ठ – महासचिव
११. अजम्वर राई काङमाङ – उपमहासचिव
१२. राधा तिमिल्सिना – उपमहासचिव
१३. नोर्साङ लामा – उपमहासचिव
१४. मिना गुरुङ – सचिव
१५. होरीलाल चौधरी – सचिव
१६. कर्णवहादुर वुढा मगर – सचिव
१७. रामसिं यादव – सचिव
१८. डि.वि. नेपाली – सचिव
१९. डा. मंगलसिद्धि मानन्धर – अध्यक्ष, केन्द्रीय सल्लाहकार समिति
२०. रणध्वज कन्दङ्वा – अध्यक्ष, केन्द्रीय अनुशासन समिति
२१. राजकुमार राई – अध्यक्ष, केन्द्रीय निर्वाचन समिति
२२. शुशिला श्रेष्ठ – अध्यक्ष, केन्द्रीय लेखापरीक्षण समिति
२३. मझिलाल थारु थनेत
२४. योगीलाल यादव
२५. आङ्काजी शेर्पा किसान
२६. सोनी लामा
२७. त्रिरत्न शाक्य
२८. हरि घिमिरे
२९. ललन राय
३०. धनप्रसाद तामाङ
३१. देवराज राई
३२. कृष्णवहादुर घःजु
३३. सानुराजा शाक्य
३४. सुवर्णमान डंगोल
३५. न्हुच्छेलाल महर्जन
३६. विजय राई
३७. अनिल मिश्र
३८. अञ्चल राई
३९. उर्मिला साह
४०. गणेशमान गुरुङ
४१. आर. सि. तुम्वा
४२. दुर्गामाया लिम्वु
४३. लालवहादुर तामाङ
४४. आङ्देण्डी शेर्पा
४५. डा. गणेश योञ्जन
४६. राज मोहम्मद अन्सारी
४७. भूराज राई
४८. मानप्रसाद लिम्वू
४९. शिवनारायण राना थारु
५०. मेम्वर ल्हो
५१. रामेन्द्र साह
५२. रमेश राई
५३. भाग्यनारायण राय यादव
५४. शान्तकुमार प्रधान
५५. भुपेन्द्र नेम्वाङ
५६. रामचन्द्र ढकाल
५७. जुद्ध ढाक्रे
५८. पूर्णवहादुर वस्नेत
५९. कृष्णकुमारी वाइवा
६०. वमवहादुर लामा
६१. भीम राई
६२. चन्द्रलाल केप्छाकी मगर
६३. मानवहादुर सारु मगर
६४. उत्तम लामा
६५. शाक्य सुरेन
६६. नहेन्द्र प्रधान
६७. सनवहादुर राई
६८. केशव उदाश
६९. पृथ्वीमान गुरुङ
७०. टेकवहादुर चेपाङ
७१. सुरेन्द्र थापा मगर
७२. हिमाल पुनः मगर
७३. नारदकुमार राई
७४. राजकुमार यादव
७५. रामसिं लामा
७६. कर्णवहादुर वुढा मगर
७७. रामसिं राई
७८. टेकरत्न चेम्जोङ
७९. रमेश प्रधान
८०. देवराज शर्मा
८१. लिला सिटौला
८२. चितनारायण यादव
८३. योगराज लिम्वु
८४. शिव न्यौपाने
८५. शम्भु चौधरी
८६. चन्द्रविक्रम राई
८७. शिवकुमार कापड
८८. रामरतन यादव
८९. राजकुमार मण्डल
९०. जीवन राना मगर
९१. नित्यानन्द ताजपुरीया
९२. दीपक याक्खा
९३. नवीन विश्वकर्मा
९४. रश्मिला प्रजापति
९५. पानवहादुर भुजेल
९६. मालती महत
९७. देवीरास गुरुङ
९८. कुमवहादुर तामाङ

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......