दोलखा, कार्तिक २६ - दोलखा प्रशासन कार्यालयको भवन उदघाटन गर्न आएका गृह सचिव नबीनकुमार पोखरेलले भ्रष्टाचार नियन्त्रण गर्न पहलन नगर्ने सिडियो कार्वाहीको भागिदार हुने बताएका छन् ।
गृह मन्त्रालयको भ्रष्टाचारमा शुन्य सहनशीलता अभियानमा सिडियोहरु कृयाशील हुनुपर्ने बताउादै उनले भ्रष्टाचारीलाई कार्वाही नभए सिडियोलाई नै कार्वाही गरिने बताए । 'एनजिओहरुको कार्यक्रममा सिडियो जाने त्यहाँ खाना, खाजा खाने र खाम पनि लिएर आउने तर जनता भने काम नभएर कुर्नुपर्ने जस्ता कृयाकलाप देखिएको छ,' उनले जनताको काम छाडेर एनजिओको कार्याक्रममा नजान निर्देशन गरिएको पनि बताए ।
स्थानीय निकाय र अन्य कार्यालयहरुमा भएका भ्रष्टाचार अख्तियार दुरुपयोग अनुसन्धान अधिकारीको भूमिकाबाट छानबीन गरी कार्वाही गर्न सिडिओहरुलाई स्पष्ट निर्देशन दिइसकिएको उनले दोहोर्याए । 'दण्डहीनताको बढवा दिने र वार्ताकारको रुपमा कृयाशील हुने सिडिओहरु शान्ति मन्त्रालयमा सरुवा भए हुन्छ भनिसकेको छु,' उनले भने 'सिडिओ निरिह समन्वयकर्ता हैन कुशल प्रशासक हुनुपर्छ ।'
सिडिओ र प्रहरी प्रमुखले कुनै पनि बेला मोबाइलको स्वीच अफ नगर्ने, जनताका कामका लागि २४ अै घण्टा कृयाशील हुने, महिनामा एकपटक गाउँ अनुगमन गर्ने र चार महिनामा गाउँमा घुम्ती सेवा लाने कुरालाई १७ बुदेँ निर्देशनको रुपमा सिडिओ र प्रहरी माताहातमा पठाइसकिएको उनले जानकारी दिए ।
दोलखा चरिकोटमा एक करोड १७ लाखमा बनेको भवन उद्घाटनको सभापति प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जनताको रायसल्लाहको आधारमा भ्रष्टाचार नियन्त्रण, दण्डहीनताको अन्त्यको लागि कदम चालेको बताए । उनले कार्यालयहरुलाई पहिलो चरणमा चेतावनी र दोस्रो चरणमा कार्वाही प्रकृया थाल्ने जनाए ।