६ मंसिर, धुलिखेल । धुलिखेलको ४९ किलो
भन्ने स्थानमा बसको ढोकाबाट खसेर एक बृद्ध महिलाको ज्यान गएको छ ।
चौताराबाट काठमाडौँ आउँदै गरेको बा २ ख ४६८३ नम्बरको यात्रुबसको ढोकाबाट
खसेर गम्भीर घाइते भएकी होक्से-६ की ५० वर्षीया असली तामाङको धुलिखेल
अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
