सार्वजनिक स्थल मा सेक्स’ गर्न बाध्य

भारतको मुम्बइ सहरका ५५ प्रतिशत विवाहित जोडी यति अभागी छन् की उनीहरुलाई दुनियाको सबैभन्दा आनन्ददायी तथा गोप्य कार्य मानिने सम्भोग पनि अरुलाई देखाएरै गर्नुपर्ने बाध्यता छ । गोप्यता तथा एकान्तस्थानको अभावमा ती विवाहित जोडीहरुको यौन जिवन तथा यौन चाहनामा समेत गम्भीर असर पुगेको एक अध्ययनले देखाएको छ । भारतको सरकारी जनगणनाबाट प्राप्त तथ्यांक अनुसार सुकुम्बासी वस्ती तथा कोठा भाडामा लिएर बस्न बाध्य परिवारमा यस्तो यौन कठिनाइ रहेको छ । सुकुम्बासी झुप्रा तथा एउटा कोठा भाडामा लिएर बस्न बाध्य परिवारहरुमा लोग्नेस्वास्नीबीच हुने सम्भोग गोप्य बन्नै सक्दैन । एउटा ठूलो कोठामा परिवारमा सबै सदस्य बस्नुपर्दा श्रीमान श्रीमती अरु सदस्यहरुको अगाडि नै नदेखिएजस्तो गरी सेक्स गर्न बाध्य हुन्छन् । चरम आनन्ददायी त्यस अवस्थामा उनीहरुलाई ढाक्ने चिज भनेको केबल रातको अँध्यारो र सिरक मात्र हुन्छ । त्यस्तै कतिपय अवस्थामा एउटै कोठामा प्लाइउडले बारेमा विभिन्न खण्डखण्ड बनाएर समेत विवाहित छोराबुहारी सुत्ने गर्छन् भने कतिपय अवस्थाबा छोराबुहारी गोप्यताको खोजी गर्दै भान्साकोठामा समेत सुत्ने गर्छन् । कहिलेकाहीँ त ३-४ जना छोराबुहारी र बुवा-आमा सबै एउटै ठूलो कोठामा भिन्नभिन्न पलङमा सुतेरै एकैसाथ रात्रीकालीन नित्यकर्म पूरा गर्न बाध्य हुने गरेका अध्ययनले देखाएको छ । घरमा परिवारका सबै सदस्यसँग सुत्नुपर्ने बाध्यताले कतिपय जोडी त कहिलेकाहीँ दिउसै विभिन्न होटलमा गएर कोठा बुकिङ गरी कर्म पूरा गर्ने गर्छन् ।
तर गरीबको लागि यसो गर्नु पनि सधै सम्भव हुँदैन ।वास्तवमा गरिबीकै कारण आधाभन्दा बढि बम्बइबासीको यौन जिवन तहसनहस बनेको विज्ञहरु बताउँछन् । उनीहरुले सेक्सलाई सन्तुष्टीको चरणसम्म पूराउन सकिरहेका छैनन् केबल नित्यकर्मको रुपमा स्विकारेका छन् । यौन मनोविज्ञहरुका अनुसार यस्तो बाध्यताले जोडिहरुको यौन जिवन त खल्बलिएको छ नै परिवारका बच्चाबच्चीको मनमस्तिष्कमा पनि नराम्रो असर पूराइरहेको छ । आफ्ना बुवा आमा सेक्समा लिप्त भएको हेर्न बाध्य बच्चाबच्चीमा सेक्सको विषयमा नराम्रो धारणा बन्ने र उनीहरु सानैदेखि यौनको कुलतमा फस्ने खतरा हुने मनोविज्ञहरुको भनाइ छ । वास्तवमा मुम्बइलाई यौनको सहर वा जोडिहरुको सहर पनि भनिन्छ । यो सहरमा धेरै जोडीहरु विश्वभरीबाटै हनिमुन मनाउन समेत आउँछन् र चरम आनन्द लुट्छन् । तर यहीँ सहरमा त्यस्ता धेरै जोडिहरु पनि छन् जसलाई गरिबीका कारण सेक्सको आनन्द लिन मुस्किल छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......