काभ्रे , कार्तिक २६ - घरमा कोही नभएको मौका छोपेर एक बालिकामाथि जबरजस्ती यौन दुव्र्यवहार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । १२ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गर्ने मेथिनकोट १ का २० वर्षीय पवनकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । कात्तिक १२ गते श्रेष्ठले यौन दुव्र्यवहार गरेका थिए । 'बालिकामाथि यौन दुव्र्यवहार गर्नेलाई पक्राउ गरेका छौं,' जिल्ला प्रहरी प्रमुख गीता उप्रेतीले कान्तिपुरसँग भनिन्, 'पक्राउ गरे लगत्तै कानुनी कारबाही अगाडि बढाइसक्यौं ।' प्रहरीले श्रेष्ठलाई जबरजस्ती करणीमा मुद्दा चलाएको छ । बालिकामाथि पुनः यौन दुव्र्यवहार गर्न खोज्दा उनको परिवारले घटनाबारे थाहा पाएका थिए । त्यसपछि दोषीलाई कारबाहीको माग गर्दै परिवारले प्रहरीमा शुक्रबार किटानी जाहेरी निवेदन दर्ता गराए ।
'यौन दुव्र्यवहार गरिसकेपछि अभियुक्तले बालिकालाई कसैलाई भनिस् भने मारिदिन्छु भनेर धम्काएको रहेछ,' उनले भनिन्, 'धम्कीले डराएर घटनाबारे कसैलाई पनि जानकारी नगराएकी रहेछिन् ।'
'यौन दुव्र्यवहार गरिसकेपछि अभियुक्तले बालिकालाई कसैलाई भनिस् भने मारिदिन्छु भनेर धम्काएको रहेछ,' उनले भनिन्, 'धम्कीले डराएर घटनाबारे कसैलाई पनि जानकारी नगराएकी रहेछिन् ।'