काठमाडौं, २८ कात्तिक । डनका
रूपमा चर्चित चलचित्र निर्माता रोज राणा फेरि एकपटक प्रहरीको खोजीमा छन् ।
राणाविरुद्ध उनकै पूर्वप्रेमीका सौजन्य सुब्बाको प्रहरीमा उजुरी परेको छ ।
लामो समयदेखि राणाले आफूलाई ज्यान
लिनेसम्मको धम्की दिँदै आएको भन्दै सुब्बाले ललितपुर प्रहरीमा उजुरी दिएकी
हु्न् । आफूले बिहे गर्न नमानेपछि परिवारका सदस्यसमेतलाई सिध्याउने धम्की
दिएको उनको आरोप छ । ‘सुटिङ स्पटमा समेत पुगेर मानसिक टर्चर दिन थाल्यो,’
सुब्बाले सौर्यसँग भनिन्, ‘आफूसँग विवाह नगरे परिवारका सदस्यलाई समेत
सिध्याउँछु भन्छ, घरमै आएर गेट ठटाउने र होहल्ला गर्ने गर्छ ।’

जावलाखेलमा बस्ने सुब्बाले शुक्रबार
महानगरीय प्रहरी परिसर ललितपुरमा लिखित उजुरी हालेकी समाचार आजको सौर्य
दैनिकले छापेको छ । यसअघि सुब्बाको राणासित झन्डै दुई वर्ष लभ अफेयर चलेको
थियो । राणालाई मानवतस्करीको आरोपमा प्रहरीले पक्राउ गरी नख्खु जेलमा
राखेका बेला उनी दैनिक भेट्न जान्थिन् ।
श्रीमान्सित सम्बन्धविच्छेद भएपछि सुब्बा
राणासित नजिकिएकी थिइन् । राणाले पनि आºनी श्रीमतीसित डिभोर्स भइसकेको
बताएकाले उनीसित प्रेम गरेको सुब्बाको भनाइ छ । ‘श्रीमतीसित डिभोर्स
गरिसकेको भनेर प्रेम गरे तर पछि डिभोर्स नभएको थाहा पाएपछि झल्यांस्स भएँ,’
उनी भन्छिन् । सुब्बाका अनुसार पहिले विवाह नै गर्ने मनिस्थिति बनाए पनि
त्यो थाहा पाएपछि उनले राणासित बिहे गर्न मानिनन् । आफूसित बिहे गर्न
नमानेपछि धम्की दिन थालेको उनको दाबी छ ।
पछिल्लो समय सौजन्य नायक भूपेन चन्दसित डेटिङ गर्न थालेको चर्चा चलचित्रवृत्तमा छ । ‘उनी भूपेनसित नजिकिएपछि नै राणा आगो भएका हुन्,’ स्रोतले भन्यो । यद्यपि, सुब्बाले भूपेन आºनो नजिकको साथी मात्र भएको बताइन् ।
पछिल्लो समय सौजन्य नायक भूपेन चन्दसित डेटिङ गर्न थालेको चर्चा चलचित्रवृत्तमा छ । ‘उनी भूपेनसित नजिकिएपछि नै राणा आगो भएका हुन्,’ स्रोतले भन्यो । यद्यपि, सुब्बाले भूपेन आºनो नजिकको साथी मात्र भएको बताइन् ।
राणाले हदैसम्म दु:ख दिएपछि टेलिफोनबाट
दिएका धम्की सबै रेकर्ड गरेर प्रहरीमा बुझाएको पनि सुब्बाले जानकारी
दिइन् । उनले भनिन्, ‘उसले कुनै दिन यस्तै गर्ला भन्ने शंका थियो, त्यसैले
मैले सबै टेलिफोन संवाद रेकर्ड गरेको थिएँ, अहिले प्रहरी कार्यालयमा
बुझाएको छु ।’
यता राणाले भने पछिल्लो फिल्म ‘हिरोइन’ मा
आफूलाई नलिएको झोक फेर्न सौजन्यले प्रहरीमा उजुरी हालेको हुन सक्ने दाबी
गरे । उनले भने, ‘सौजन्यलाई फिल्ममा मैले ल्याएको हुँ, मकहाँ आएर हारगुहार
गरेपछि फिल्ममा लिएँ । फिल्म हिट पनि भयो । हिरोइनका रूपमा पछिल्ला फिल्ममा
पनि उनैलाई कन्टिन्युटी दिएँ तर पछि उनी ºलप भइन् । म व्यापारी मान्छे,
ºलप हिरोइनलाई कसरी हिरोइन बनाउँथे र, उनले सायद त्यसैको झाेंक फेरेकी
हुन् ।’ राणाले अझ अघि बढ्दै भने, ‘अहिले उनीसँग कुनै फिल्म छैन, जसले
उनलाई मानसिक समस्या परेको पनि हुन सक्छ, यस्तो अवस्थामा कठैबरा बाहेक के
नै भन्न सकिन्छ र †’
सेक्स भिडियोको चर्चा
राणा र सुब्बाबीचको विवादलाई ब्लु
भिडियोसित पनि जोडेर हेर्न थालिएको छ । स्रोतका अनुसार कुनै समय राणासित
गहिरो प्रेममा परेकी सौजन्यको उनीसित सबैखाले सम्बन्ध रहेको थियो । यसै
क्रममा राणाले शारीरिक सम्बन्धको भिडियो खिचेर राखेको स्रोतले बतायो ।
सुटिङस्थलमा पुगेर फिल्म निर्देशक तथा
अन्य व्यक्तिसँग राणाले आफूसँग शारीरिक सम्पर्कको भिडियो सुरक्षित रहेको
भन्दै मानसिक यातना दिने गरेको सुब्बाले बताइन् । पछिल्लोपटक त सो भिडियो
सार्वजनिक गरिदिने धम्कीसमेत दिएको उनको भनाइ छ । सुब्बाले भनिन्, ‘उसले
शरीरको भाग मात्रै देखिने गरी खिचिएको भिडियो रकेर्ड छ भन्थ्यो, हातका औँला
र खुट्टाहरूका कारण तिमीलाई सबैले चिन्छन् पनि भन्थ्यो । तर, ऊसँग मेरो
त्यस्तो सम्बन्ध कहिले पनि भएको थिएन । त्यसैले म डराइनँ, गरिदिए हुन्छ
भनेँ । तर अहिलेसम्म गरेको छैन ।’
स्रोतका अनुसार राणाले सो भिडियो केही
दिनअघि आफू नजिकका फिल्मकर्मी तथा पत्रकारसमक्ष रक्सी खाएको सुरमा
ल्यापटपमा देखाएका थिए । स्रोतले भन्यो, ‘ल्यापटपमा देखिएको भिडियो अलि
धमिलो भए पनि राणा र सुब्बा दुवै प्रस्ट चिनिन्छन् । भिडियोमा उनीहरूको
आवाज पनि छ ।’ उनले सबैलाई पेन ड्राइभमा भिडियो दिने भने पनि पछि दिएनन् ।
यद्यपि, राणाले यौनदृश्यसहितको भिडियोबारे जानकारी नभएको बताए । उनले भने, ‘कस्तो खाले यौनदृश्य हो त्यसबारे मलाई केही थाहा छैन ।’
को हुन् रोज राणा
रोज राणाको वास्तविक नाम सरोज थापा हो ।
उनले चलचित्र उद्योगमा प्रवेश गरेपछि नाम फेरेका हुन् । राणा काठमाडौंका
चर्चित डनमा गनिन्छन् । यसअघि मानव बेचबिखनको अभियोगमा पुर्पक्षका लागि
जेलसमेत परिसकेका छन् । बागबजारस्थित टप भिआइपी डान्सबारमा युवतीलाई अश्लील
नृत्य गर्न लगाएको भन्ने पीडित युवतीले अदालतमा बयान दिएपछि उनलाई
काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि केन्द्रीय कारागारमा पठाएको
थियो । डान्स बारमा नग्न नृत्य गर्न लगाएका अभियोगमा त्यसको एक वर्षअघि पनि
राणा एक हप्तासम्म प्रहरी हिरासतमा परेका थिए । धरौटी बुझाएपछि उनी जिल्ला
प्रशासन कार्यालयमार्फत रिहा भएका थिए ।
नायक निखिल उप्रेतीकी श्रीमती कोपिला
उप्रेतीलाई समेत उनले घरमै पुगेर धाकधम्की दिएको भन्दै प्रहरी कार्यालयमा
उजुरी परेको थियो । उनले सञ्चालन गर्दै आएका राजधानी डान्स बारमा आपराधिक
समूहको लगानी रहेको प्रहरी स्रोतको दाबी छ । प्रहरी स्रोतका अनुसार चर्चित
कुमार घैंटे, चरी भनिने दिनेश अधिकारीसग समेत सम्बन्ध रहेको राणाले
चलचित्रमा समेत उनीहरूकै पैसा प्रयोग गर्दै आएका छन् । उनले केही
वर्षभित्रै टक्कर दुई मुटुको, दादागिरी, डन, दोस्ती, खलनायक गरी झन्डै आधा
दर्जन चलचित्रमा निर्माण गरेका छन् । चलचित्रमा मात्रै छोटो अवधिमा तीन
करोडभन्दा धेरै लगानी गरेका उनको सम्पत्ति स्रोतबारे खोजी भइरहेको प्रहरी
स्रोतको भनाइ छ ।
अति गरेपछि प्रहरीमा
– सौजन्य सुब्बा
डेढ वर्षअघि ‘टक्कर दुई मुटु’को फिल्म बनाउने क्रममा मेरो ऊसँग भेट भयो । २५–२६ वर्षको देखिन्थ्यो ऊ त्यतिबेला । फिल्म खेल्ने क्रममै उसले मलाई प्रेम प्रस्ताव गर्यो । ‘तिम्रै लागि मैले श्रीमतीसँग सम्बन्धविच्छेद गरेँ’ भनेर गफ लायो । हेर्दा राम्रै थियो । सम्बन्धविच्छेद नै गरेको भएपछि ठिकै छ नि भनेर मैले उसको प्रस्ताव स्विकारेँ । त्यसको एक महिनापछि मलाई उसकी दिदी सोफिया राणासँग भेट गरायो । सोफियासँग सम्बन्ध बढ्दै गएपछि उनैबाट थाहा पाएँ, रोजले त उसको श्रीमतीलाई डिभोर्स दिएको होइन रहेछ । म झसंग भएँ । लगत्तै म ऊसँग विवाह नगर्ने मनस्थितिमा पुगेँ । त्यसैले मैले उसलाई मेरो परिवारबाट बाहिरको केटासँग विवाहको कुरा चलेको बताएँ । सुरुमा त उसले पनि खुसी व्यक्त गर्यो । उसकी दिदीले पनि मलाई बधाई दिइन् । तर, एक हप्तापछि त मलाई उसले धम्की पो दिन थाल्यो । त्यो केटा को हो ? म त्यसलाई सिध्याउँछु भन्न थाल्यो । म सहँदै गएँ उसको धम्कीको सीमा रोकिएन । घरमै आएर गेटमा ठोक्ने, केटाहरू लिएर आउने, होहल्ला गर्नेलगायतका काम गर्न थाल्यो ।
डेढ वर्षअघि ‘टक्कर दुई मुटु’को फिल्म बनाउने क्रममा मेरो ऊसँग भेट भयो । २५–२६ वर्षको देखिन्थ्यो ऊ त्यतिबेला । फिल्म खेल्ने क्रममै उसले मलाई प्रेम प्रस्ताव गर्यो । ‘तिम्रै लागि मैले श्रीमतीसँग सम्बन्धविच्छेद गरेँ’ भनेर गफ लायो । हेर्दा राम्रै थियो । सम्बन्धविच्छेद नै गरेको भएपछि ठिकै छ नि भनेर मैले उसको प्रस्ताव स्विकारेँ । त्यसको एक महिनापछि मलाई उसकी दिदी सोफिया राणासँग भेट गरायो । सोफियासँग सम्बन्ध बढ्दै गएपछि उनैबाट थाहा पाएँ, रोजले त उसको श्रीमतीलाई डिभोर्स दिएको होइन रहेछ । म झसंग भएँ । लगत्तै म ऊसँग विवाह नगर्ने मनस्थितिमा पुगेँ । त्यसैले मैले उसलाई मेरो परिवारबाट बाहिरको केटासँग विवाहको कुरा चलेको बताएँ । सुरुमा त उसले पनि खुसी व्यक्त गर्यो । उसकी दिदीले पनि मलाई बधाई दिइन् । तर, एक हप्तापछि त मलाई उसले धम्की पो दिन थाल्यो । त्यो केटा को हो ? म त्यसलाई सिध्याउँछु भन्न थाल्यो । म सहँदै गएँ उसको धम्कीको सीमा रोकिएन । घरमै आएर गेटमा ठोक्ने, केटाहरू लिएर आउने, होहल्ला गर्नेलगायतका काम गर्न थाल्यो ।
म उसको बाहेक अन्य निर्माता निर्देशकका
फिल्ममा खेल्न गएको ऊ पटक्कै रुचाउँदैनथ्यो । सुरुमा मलाई फिल्ममा नलिन
निर्माता/निर्देशकलाई धम्क्याउँथ्यो । केही सीप नचलेपछि फिल्म सुटिङस्थलमा
पनि पुग्थ्यो । निर्देशकदेखि निर्माता सबैलाई धम्क्याउँथ्यो । ऊसँग मेरो
सबैखाले सम्बन्ध रहेको बताउँथ्यो । मलाई टेलिफोनबाट पनि धम्क्याउँथ्यो ।
कुनै न कुनै दिन यसले मलाई खराब गर्छ भन्ने लागेको थियो । त्यसैले ऊसित
टेलिफोनमा भएका सबै कुराकानी रेकर्ड गर्न थालेँ ।
उसले मेरो भाइ र परिवारका सबै सदस्यलाई
सिध्याउँछु भन्थ्यो । त्यति मात्र नभई ऊ र मबीच यौनसम्पर्क भएको भिडियो छ
भन्दै साथीभाइसँग भन्दै हिँड्दो र’छ । त्यो कुरा पछि मलाई पनि भन्यो । तर, म
डराइनँ । किनकि ऊसँग मेरो शारीरिक सम्बन्ध भएकै छैन । केही दिनअघि मेरो
साथी भूपेन चन्दले निर्देशक समन अधिकारीलाई म्युजिक भिडियोमा खेल्नका लागि
मेरो नाम सिफारिस गरेछन् । त्यो थाहा पाएर उसले भूपेनलाई पनि धम्क्याएछ ।
अति भएपछि म प्रहरीसमक्ष पुगेकी हुँ ।
