काठमाडौ, कार्तिक २९ - एमाले अध्यक्ष झलनाथ खनालले राजनीतिक दलहरुबीच सहमतिको बाधक वर्तमान सरकार रहेको आरोप लगाएका छन् । उनले सरकार नहटेसम्म सहमतिको सम्भावना नरहेको बताए ।
'सहमतिको बाटोमा बाधा र रोडा वर्तमान सरकार हो,' बुधबार रिपोटर्स क्लवको नेतृत्वमा उनको निवासमा पुगेको पत्रकार टोलीसंग उनले भने 'सहमतिका लागि अहिलेको सरकारको स्टेप डाउन हुनुपर्छ ।' उनले बाबुराम भट्टराई नेतृत्वको सरकार रहेसम्म मुलुक अग्रगतिमा जान नसक्ने ठोकुवा गरे ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको कांग्रेस र एमालेले तयार गरेको बजेट पास गरेर भएपनि बजेट ल्याउने पक्षमा सरकार रहेको अभिव्यक्तिप्रति खनालले भने 'त्यस्ता उट्पट्याङ कुरा गर्न आउँदैन बजेट सरकारले नै ल्याउने हो ।'
रोजेको मन्त्रालय लिएर सरकारमा सहभागी हुन दाहालको अर्को प्रस्तावप्रति पनि कडा आपत्ति व्यक्त गर्दै खनालले आफूहरुको संघर्ष कुर्सीका लागि नभएको बताए ।