डडेलधुराको क्याम्पस गेटमा बम

डडेल्धुरा, कार्तिक १७ - शिक्षा क्याम्पस डडेल्धुराको मुल गेटमा सकेट बम भेटिएको छ । बिहीबार राति बम राखिएको हुन सक्ने क्याम्पसले जनाएको छ । बम कस्ले राख्यो बारे अनुसन्धान भइरहेको छ ।
प्रहरी प्रमुख डिएसपी कृष्ण प्रसाईले कपडामा बेरेर बम राखिएको जानकारी दिए । कस्तो बम हो भन्ने बारेमा पुर्ण जानकारी आउन नसकेको उनले बताए ।
बिहान ६ बजे बम राखिएको पियनले प्रहरीलाई जानकारी गराएका थिए ।बम छेउमै पर्चा समेत राखिएको छ । पर्चामा गरिब बिद्यार्थी एकता र बिद्यार्थी जिन्दाबाद मात्रै लेखिएको छ । बम निस्कृय गर्न नेपाली सेना र प्रहरीको टोली खटिएको छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......