गाजा सिटी,इजरायली हवाइ आक्रमण

गाजा सिटी, मंसिर १, गाजा क्षेत्रमा गत २४ घण्टामा भएको इजरायली हवाइ आक्रमणमा परी १९ जना मारिएको कुरा त्याहाँका अधिकारीहरूले जनाएका छन् । प्यालेस्टाइन लडाकुहरूले पनि इजराइलमाथि ३८० वटा रकेट टोडेका थिए, जसमा परि तीन जना मानिसहरूको मृत्यु भएको बताइएको छ ।
लगातार भैरहेको इजराइल आक्रमणहरूमा परि १६० जना भन्दा धेरै गाजावासीहरू घाइते भएको बताइएको छ । आक्रमण बिहिबार साँझ सम्म जारीनै रहेको बताइएको छ । आक्रमण बाहेक उत्तरी गाजा सिटी र उत्तरी क्षेत्रको बीत हनूनमा आधारात पछि छापामारी समेत गरिएको बताइएको छ ।

उद्दार सेवाका प्रवक्ता अधम अबू सालमियाका अनुसार बीत हनूनमा गरिएको हवाई आक्रमणमा तीन जना नागरिकहरूको मृत्यु भएको छ, भने अन्य १२ जना घाइते भएका छन् । प्रत्यक्षदर्शिहरूले बताए अनुसार एक घरमा भएको एक आक्रमणमा दुइ भाईहरूको मृत्यु भएको थियो ।
गाजा सिटीको जैतूनमा इसराइली आक्रमणमा एक दस माहिनाकी बालिका घाइते भएकी छन्, जसलाइ बिहान मृत घोषित गरिएको थियो । बीत लाहियामा आक्रमणमा परि ६० वर्षीय एक व्यक्तिको मृत्यु भएको समाचार प्राप्त भएको छ । त्यसैगरि खान यूनिसमा एक बालकको मृत्यु भएको बताइएको छ ।
प्रहरी र चिकित्साकर्मिहरूका अनुसार बुधवार दिउसो हमास सैन्य प्रमुख अहमद जब्बारीलाइ लक्षित गरि गरिएको एक आक्रमण पछि गाजाको रोकेट हमलाहरूमा तीन इजराइलिहरूको मृत्यु भएको छ, यस घटनामा परि अन्य १९ जना मानिसहरू घाइते भएका थिए । जसमध्ये तीन जना सैनिक रहेको बताइएको छ । हमलामा हमास सैन्य प्रमुखको पनि मृत्यु भएको बताइएको छ ।
प्रहरीका अनुसार किरयात मलाची शहरमा हिजो भएको रकेट हमलामा एक घर पूर्ण रूपमा ध्वस्त भएको छ, यस घटनामा २ जना व्यक्ति र एक महिलाको मृत्यु भएको छ ।



तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......