चीनमा भएको सडक दुर्घटनामा ९ जनाको मृत्यु

काठमाडौं, ३ मंसिर: चीनको ब्यस्त सडकमा भएको दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । दक्षिणी चीनको गुइजाव क्षेत्रमा लागेको बाक्लो कुहिरोका कारण दुर्घटना भएको बुझिएको छ । साङ्घाई कुन्मीङ एक्सप्रेस सडकमा कुहीरोको कारण एउटा ट्रक रोकिंदा अन्य सवारी साधनहरु एक आपसमा ठोकिएको बताईएको छ । दुर्घटनामा पेट्रोलियम पदार्थले भरिएको ट्याँकरसहित ७ वटा सवारी साधनमा आगलागी भएको छ । दुर्घटनामा ६९ वटा सवारी साधन एक आपसमा ठोक्किएको थियो । चीनमा गत दुई सातादेखि लगातार रुपमा भइरहेको हिमपात र कुहिरोको कारण सडक दुर्घटना हुने क्रम रोकिएको छैन ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......