न्यूड हुनुअघि नायिका किन रोइन् ?

न्यूड हुनुअघि नायिका किन रोइन् ?


एजेन्सी, मंसिर ५ । हलिउड अभिनेत्री सलमा हयाक लामो समयपछि एकपटक पुनः चर्चामा छिन् । कारण उनले आफ्नो जीवनको एक नयाँ खुलासा गरेकी छिन् । सलमाले एक अंग्रेजी समाचार एजेन्सीसँग आफ्नो जीवनको बितेको दिनको खुलासा गरेकी हुन् ।

सलमाले सन् १९९२ मा आएको उनको बहुचर्चित फिल्म ‘डेस्पोराडो’मा फिल्मका नायक एन्टोनियो ब्याण्डरेससँग न्यूड भएर बेड सिन दिएकी थिइन् । उक्त सिन दिनुअघि आफू खुब रोएको सलमाले बताएकी हुन् ।

सलमा सोही बखत फ्रान्सीसी अरबपति फ्रान्सिस्को हेनरी पिनाल्टसँग विवाह गर्ने तयारीमा थिइन् । उनलाई डर थियो कि फिल्मको उक्त सिनका देखेर हेनरीको घरपरिवारले आपत्ति जनाउन सक्थे । जसको कारण उनको विवाह टुट्न सक्थ्यो ।

सलमाका अनुसार तर, उनी भाग्यमानी भईन् कि हेनरीको घरपरिवारले उक्त दृष्यलाई पचायो र उनको विवाह टुटेन । सलमाको यस कुराबाट प्रष्ट हुन्छ कि हलिउडमा पनि नाम चलेका अभिनेत्रीहरुलाई फिल्मको ‘आपत्तिजनक’ दृष्य दिनको लागि विवश हुनुपर्छ ।

सलमाको फिल्म ‘डेस्पोराडो’ हलिउडको चर्चित र सफल फिल्म हो । जसलाई मानिस पटक–पटक हेर्ने रुची राख्छन् । सलमाले सन् २००७ को मार्च ९ मा हेनरी र आफ्नो सम्बन्धको बारेमा औपचारिक खुलासा गरेकी थिइन्, जतिखेर उनी हेनरीको बच्चाको आमा बन्न लागेकी थिइन् ।

४६ वर्षीया सुन्दरी हलिउड अभिनेत्री सलमा ह्याक आजपनि हलिउडकी नाम चलेकी हिरोइन तथा चर्चित निर्माता–निर्देशकको रुपमा चिनिन्छिन् । जसको साथमा विश्वका जोकोही कलाकार काम गर्न चाहन्छन् ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......