सर्वोच्चले राष्ट्रपतिलाई सोध्यो-अध्यादेश किन रोकेको ?

६ मंसिर, काठमाडौं । सरकारले पठाएको अध्यादेशहरु संविधान विपरित रोकेर राखेको भन्दै राष्ट्रपति डा. रामवरण यादवविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
न्यायाधीश सुशीला कार्कीको इजलासले रिटमा सुनुवाई गर्दै विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको हो । सर्वोच्चका प्रवक्ता श्रीकान्त पौडेलले अनललाइनखबरसँग भन्नुभयो-’कारण देखाउ आदेश जारी भएको छ र रिटलाई अग्राधिकार पनि दिइएको छ । उहाँका अनुसार १५ दिनभित्र लिखित जवाफ दिन पनि विपक्षीहरुको नाममा आदेश जारी भएको छ ।

सरकारले चारवटा अध्यादेश पठाएको लामो समयभइसक्दा पनि संविधान अनुसार अनुमादन नगरी आलटाल गरेको भन्दै अधिबक्ता उद्धवप्रसाद चौलागाईले मंगलबार रिट दायर गर्नु भएको थियो ।रिटमा राष्ट्रपतिसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र कानुन तथा न्याय मन्त्रालयलाई पनि विपक्षी बनाइएको छ ।
सरकारले सिफारिस गरेको नेपाल स्वास्थ्य सेवा चौथो संशोधन अध्यादेश, शिक्षा अध्यादेश, सत्य निरुपण तथा मेलमिलाप अध्यादेश र केही नेपाल ऐन संशोधन अध्यादेश राष्ट्रपतिले रोकेर राख्नु भएको छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......