कस्तो छ ओली कमरेड ?

२४ कात्तिक, काठमाडौं । उसै त अप्ठेरो राजनीतिमा यतिबेला बजेटको बहस चर्को रुपमा गाँसिएको छ । राजनीतिक रस्साकस्सी र आरोपप्रत्यारोपमा सधैं अग्रमोर्चामा देखिने एमाले नेता केपी शर्मा ओली यतिखेर बिरामी भएर थलिनुभएको छ । विपक्षीलाई कटाक्ष ढंगले बोली बाण प्रहार गर्ने क्षमता भएका ओलीले आज कसलाई के भन्लान् भन्ने चासो राख्नेहरु यतिबेला खल्लो महसुस गर्दैछन् । ओली सध्दे भएर कतै भाषण गरेका भए अहिलेसम्म सरकार, माओवादी र अरु दललाई के के भनेर व्यंग्य गरिसक्थे ।तर एक हप्तादेखि ओली सिकिस्त हुनुहुन्छ । तीन दिन राजधानीको नर्भिक अस्पतालमा भर्ना गरेर राखेपछि गएको आइतबार उहाँलाई एयर एम्बुलेन्स मार्फत भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा लगिएको छ । फोक्सोमा समस्या देखिएका ओलीलाई त्यहाँ पनि आइसीयूमा राखेर उपचार गराइएको छ । ओलीका स्वकीय सचिव रमेश आचार्यका अनुसार ओलीको स्वास्थ्य अवस्थामा क्रमिक सुधर आइरहेको छ । ‘उहाँलाई लगाइएको अक्सिजन निकालिएको छ, आज बेलुकी या भोलि बिहान आइसीयूबाट निकाल्ने चिकित्सकहरुले बताएका छन्’ आचार्यले अनलाइनअबरलाई जानकारी दिनुभयो ।


ओलीलाई देखिएको कडा खालको निमोनिया घट्दै गएको छ । यस्तै रगतमा हेमोग्लोबिनको मात्रा पनि बढ्दैछ । स्वास्थ्यमा सुधार भएपछि उहाँलाई आइसीयूबाट जनरल वार्डमा सार्ने तयारी भएको छ । जनरल वार्डमा ५,६ दिन राखेपछि ओलीलाई स्वदेश ल्याईने पारिवारिक स्रोतले जनाएको छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......