समलिङ्गीद्वय शाही र नेपालीसँगै बस्न पाउने

२० कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले उमेर पुगेका व्यक्तिले आफूखुसी बस्न पाउने फैसला सुनाएको छ । समलिङ्गी महिला रजनी शाहीलाई बन्दी बनाएको भन्दै परेको रिटमा सर्वोच्चले यस्तो आसयको फैसला सुनाएको हो । यद्यपी फैसलाको पूर्ण पाठ आउन बाँकी नै छ । न्यायाधीशद्वय कल्याण श्रेष्ठ र गिरिशचन्द्र लालको संयुक्त इजलासले समलिङ्गी भन्दैमा सकैलाई पजि बन्दी सरह राख्न नपाउने फैसला सुनाएको हो ।
यससँगै समलिङ्गीद्वय शाही र प्रेमकुमारी नेपालीसँगै बस्न कानुनी बाटो खुलेको छ । शाहीले आफ्नो श्रीमानसँग सम्वन्ध विच्छेद गरी बस्न अदालतमा मुद्धा समेत हालेकी छिन् ।

आफूसँग सम्वन्ध राखेको भन्दै परिवारले शाहीलाई माइति नेपालमा बन्दी बनाएको नेपालीले मुद्धा हालेका थिइन् । झण्डै १० वर्षअछि विवाह गरेकी शाही २ वर्षदेखि नेपालीसँग बस्दै आएकी छिन् ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......