काठमाडौं, कार्तिक २१ - बढेको डलरको भाउले जडीबुटी निर्यातकर्तालाई पनि फाइदा पुगेको छ । आर्थिक वर्ष २०६८/२०६९ मा १९ करोड ७७ लाख रुपैयाँ बराबरको जडीबुटी निर्यात भएको छ । यो गत वर्षको तुलनामा ५७ दशमलव ७ प्रतिशतले बढी हो । अघिल्लो वर्ष १२ करोड ५७ लाख रुपैयाँ बराबरको जडीबुटी निर्यात भएको थियो । जडीबुटीको मुख्य बजार भारत र चीन हो । भारततर्फ मुख्यतः सुगन्धित तेल, जडीबुटी औषधि निर्यात हुन्छ । डलर बलियो हुँदा जडीबुटीको मूल्य बढेकाले निर्यातमा वृद्धि देखिएको नेपाल हर्वल तथा हर्वल उत्पादक संघका अध्यक्ष गोविन्द घिमिरेले बताए । डलरको मूल्य वृद्धिले आम्दानी बढेको देखिए पनि निर्यातको परिमाण भने खासै वृद्धि नभएको उनले बताए । उनका अनुसार मुलुकमा वाषिर्क ८० हजार टनभन्दा बढी जडीबुटी उत्पादन हुन्छ । उत्पादनको ९० प्रतिशत निर्यात हुन्छ । मुलुकमा जडीबुटीको उत्पादनसमेत बढेको संघले जनाएको छ । गत वर्षको तुलनामा जडीबुटी खेती लगभग १२ प्रतिशतले बढेको छ । यसैगरी जंगली जडीबुटी संकलनसमेत २५ प्रतिशतसम्म बढेको अध्यक्ष घिमिरेले बताए ।
जडीबुटी आयुर्वेदिक, एलोप्याथिक औषधि, सौन्द्रर्य सामग्री, रङ बनाउन प्रयोग गरिन्छ । भारतको उत्तर प्रदेश सरकारले जडीबुटी निर्यात गर्दा लाइसेन्स लिनुपर्ने प्रावधान लागू गरेपछि भारततर्फ हुने निर्यात क्रमशः घट्दै गएको संघको भनाइ छ ।
आर्थिक वर्ष २०६८/२०६९ मा भारततर्फ ८ करोड ९९ लाख रुपैयाँ बराबरको जडीबुटी निर्यात भएको छ । नेपालमा ७ सय प्रजातिको जडीबुटी पहिचान भइसकेको छ । त्यस्तै २ सय ३८ प्रकारका रसायनको पहिचान भएको छ । तीमध्ये १ सय ६२ प्रजातिको जडीबुटीको मात्र कारोबार हुन्छ । उत्पादन हुने क्षेत्रका ८० प्रतिशत परिवार जडीबुटी र गैरकाष्ठ वन पैदावार संकलनमा संलग्न छन्् । यस्ता जडीबुटीको उचित सदुपयोग गरी व्यापार व्यवस्थित गर्न सके स्थानीय बासिन्दाको जीवीकोपार्जनमा ठूलो सघाउ पुग्ने अध्यक्ष घिमिरेले बताए । संघका अनुसार जडीबुटी कारोबारमा प्रत्यक्ष रूपमा ७ हजार जना संलग्न छन् ।