ए डिभिजन लिगमा सरस्वतिले थ्री स्टारलाई हरायो



६ मंसिर, काठमाडौं । राजधानीमा जारी ए डिभिजन लिग फुटबलको पहिलो खेलमा थ्रीस्टार सरस्वति क्लबसँग पराजित भएको छ । अर्को खेलमा मच्छिन्द्रले जउलाखेलमाथि सहज जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बुधबार भएको खेलमा थ्रीस्टार सरस्वतिसँग २-१ ले पराजित गरेको छ । खेलको ४३ औं मिनेटमा रमेश घिसिङले गोल गर्दै सरस्वतिलाई सुरुवाति अग्रता दिलाए ।

दोस्रो हापको ५० औं मिनेटमा मच्छिन्द्रका रमेश डंगोलले आत्मघाति गोल गरेपछि थ्रीस्टारले बराबरी गर्‍यो । तर, ६० औं मिनेटमा कृष्णगोपाल श्रेष्ठले गोल गर्दै सरस्वतिलाई २-१ गोलको जित दिलाए ।
यस्तै जावलाखेललाई ५-१ गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले सुखद सुरुवात गरेको छ ।जावलाखेलका ९ खेलाडीलाई क्लबमा भित्राएपछि रेड हर्सको उपनाम पाएको मच्छिन्द्रले खेलेको सुरुबाटै जाउलाखेललाई दबावमा राखेको थियो । खेलको ५ औं मिनेटमा विसाल राई एले आफ्नो पूर्व क्लबविरुद्ध गोल गर्दै मच्छिन्द्रलाई सुरुवाति अग्रता दिलाए । १३ औं मिनेटमा जाउलाखेलका विवेक बस्नेतले आत्मघाति गोल गरेपछि मच्छिद्रको अग्रता दोब्बर भयो भने ४० औं मिनेटमा कप्तान दिपक राईले मच्छिन्द्रको अग्रता तेब्बर पारे ।
दोस्रो हापको ५८ औं मिनेटमा जाउलाखेलका राज पौडेलले गोल गर्दै मच्छिन्द्रको अग्रता ३-१ मा झारे । तर, ७६ औं मिनेटमा विसालले व्यक्तगत दोस्रो गोल गरे भने ८१ औं मिनेटमा दिपकले व्यक्तिगत दोस्रो गोल गर्दै मच्छिन्द्रलाई ५-१ को जित दिलाए ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......