छुट्टा छुट्टै दुर्घट्नामा दुईको मृत्यु

हेटौँडा, मंसिर १ - काठमाडौँबाट विराटनगरतर्फ जान आइरहेको ना ४ ख ४७५३ नंको रात्रिबसका सहचालक पूर्वपश्चिम राजमार्गको चुरियामाई–६ लच्कामा गए राति २ बजे बसबाट खसी बसैले किच्दा उनको घटनास्थलमै मृत्यु भएको छ ।
सहचालकको नाम र वतन भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बसचालक फरार भए पनि प्रहरीले यात्रुलाई अन्य सवारीसाधनमार्फत गन्तव्यमा पठाएको बताइएको छ ।
यसैबीच, पृथ्वी राजमार्गअन्तर्गत धादिङ धुषा गाविस– १ चरौँदीमा बिहीबार बेलुका भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

काठमाडाँैबाट मुगलिनतर्फ जाँदै गरेको नम्बर नखुलेको कारले ठक्कर दिँदा पैदलयात्रु नुवाकोट जिल्ला निवासी ४० वर्षीय रामकुमार मगरको मृत्यु भएको प्रहरी नायब उपरीक्षक विकासराज खनालले बताए । ¥याफ्टिङ व्यवसाय गर्दै आएका मगरलाई ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।रासस

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......