जलवायु परिवर्तन : आलुलाई केराले पछार्दै

जलवायु परिर्वतनका कारण भविष्यमा खाद्यान्न संकट आउने कुरा वैज्ञानिक हरुले बताइरहेका छन् । विभिन्न खाद्यान्न बालीको उत्पादकत्व घट्ने तथा पृथ्वीका धेरै खेतीयोग्य जमिनहरु सुख्खा मरुभूमिमा परिणत हुने खतरा रहेको भन्दै विज्ञहरुले तर्साउने गरेका छन् । जलवायु परिवर्तनका कारण विश्वको तापक्रम बढिरहेको बेला चिसो मौसममा हुने बालीहरुको उत्पादन घट्दै जाने र गर्मी मौसममा हुने बाली तथा फलफूलमै मानिसहरु निर्भर हुनुपर्ने अवस्था आउने बताइन्छ । वैज्ञानिकहरुका अनुसार जलवायु परिवर्तनका कारण निकट भविष्यमै विश्वका लाखौँ मानिसले केवल केरा खाएर छाक टार्नुपर्ने अवस्था आउनेछ ।
अन्तराष्टिय कृषि सम्बन्धि परामर्श समूहले गरेको अनुसन्धानले बढ्दो तापमानका कारण विभिन्न विकाशोन्मुख देशमा निकट भविष्यमै केरा लगायतका फलफूलले आलुलाई विस्थापित गर्ने छन् भने बोडी तथा केही कन्दमुल बाली खाद्यान्नका मुख्य श्रोत बन्नेछन् ।

परम्परागत अन्न बालीहरु उष्णिकरणका कारण संकटमा पर्दै जाँदा मानिसहरुले आफ्नो खानाको स्वाद तथा भान्साको रोजाइमा पनि परिवर्तन गर्नुपर्ने अवस्था आउने बताइएको छ ।
अध्ययनले जलवायु परिवर्तनका कारण विश्वमा मकै, धान तथा गहुाको उत्पादन घट्दै गएको छ । साथै तापक्रम वृद्धि तथा अस्वभाविक मौसमका कारण ठण्डा मौसममा सपि्रने आलुबालीको उत्पादन पनि घटिरहेको छ । यस्तो अवस्थामा गर्मीयाम तथा मौसमी प्रतिकुलता बढि खप्नसक्ने केराले मानिसको भोक मेट्ने अवस्था आउनेछ । अहिले आलु तथा अन्य बाली उत्पादन भैरहेका क्षेत्रमा समेत केराखेती फस्टाउने र मानिसहरुको खाद्यान्नको मुख्य श्रोत बन्ने अध्ययनकर्ताहरु बताउँछन् ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......