इण्डोनेशियाको एक गाँउका बच्चाहरु स्कुल
जान हरेक दिन आफ्नो ज्यान हत्केलामा राख्छन् । जावा प्राद्वीपको सुरो र
प्लेमपंगन गाउँको बीचमा सयौँ मिटर अग्लो बाँसको पुलमा बच्चाहरु साइलकमा ओहर
दोहोर गर्छन् ।
यसका बावजुत पनि उनीहरु स्कुल जान तयार
छन् । उनीहरु एक हातले डोरी समाउँछन् र अर्को हातले साइकल । तस्वीरमा
देखिएको जस्तै पुलबाट उनीहरुले ६ किलोमिटर हिड्नुपर्छ । उनीहरुसँग यो पुल
भएर हिड्नुको विकल्प पनि नभएको डेली मेलले जनाएको छ ।
मुस्किलले एक हात चौडा काठ र बाँसले
बनाइएका यी संयन्त्र मानिस हिड्नका लागि बनाइएका हैनन् । पानी आपूर्तिका
लागि बनाइएको यो संयन्त्रमा जोडिएका साना काठमाथि कलिला बालबालिका साइकल
कुँदाएर हिड्छन् । तीन माइल हिड्नुभन्दा यस्तै खतरनाक यात्रा गर्नु
उनीहरुको प्राथमिकतामा परेको छ ।




