नेपालमा पहिलो पटक बोनम्यारोको सफल प्रत्यारोपण


१८ कात्तिक, काठमाण्डौं । ‘काललाई नजिक देखेको मैले साक्षत देउता देख्न पाएँ’ रगत क्यान्सरको उपचार गराइरहनुभएका कैलाश प्रधानले यसो भन्दा नजिकै उभिनुभएका डा. विशेष पौडेलले मुसुक्क हाँसेर भन्नुभयो-’तपाई निको हुनभयो, अव चाँडै घर र्फकन पाउनु हुनेछ ।
डा. पौडेल र काठमाण्डौं सिनामंगलमा रहेको नोवेल अस्पतालको सहयोगमा नेपालमा पहिलोपटक बोनम्यारो (अस्थिमज्जा) प्रत्यारोपण गरी प्रधानको ज्यान जोगाइएको छ, त्यो पनि निशुल्क । ‘पहिलोपटक गर्दै थियौं, नोवेलले पूर्वाधार तयार पार्‍यो र मैले केमोथेरापीलगायतका औषधि निशुल्क मिलाईदिए, उहाँहरु खर्च बेहोर्न सक्ने अवस्थामा हुनुहुन्थेन, जे होस् पहिलो प्रयास सफल भएको छ, अव हामी नेपालमा रगत सम्बन्धी सबै रोगको उपचार गर्न सक्ने भएका छौं,’ डा. पौडेलले भन्नुभयो ।
सात महिनाअघि टन्सिल बढेर अस्पताल पुग्नुभएका ५० बर्षका प्रधानको घाँटीको लिम्फनोडको बायोप्सी गर्दा रगतको एक प्रकारको क्यान्सर ‘नन हच्किन्स लिम्फोमा’ भएको पुष्टि भएको खबर गोरखापत्रले छापेको छ । पटकपटक किमोथेरापी गर्दा क्यान्सर नियन्त्रणमा आउन नसकेपछि चिकित्सकको सल्लाहमा अन्तिम विकल्पको रुपमा बोनम्यारो (अस्थिमज्जा) प्रत्यारोपणका लागि प्रधान सहमत हुनुभएको थियो ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......