दाहालले कोइरालासंग भेटे

काठमाडौ, मंसिर १ - तिहार सकिए लगत्तै बजेट लगायतका विषयमा सहमति जुटाउन राजनीतिक सक्रियता बढेको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार कांग्रेस सभापति सुशील कोइराललाई भेटेर सहमतिका लागि छलफल गरेका छन् ।
बिहान कोइराला निवास महाराजगंजमा दुई नेताबीच भएको भेटमा बजेट, निर्वाच्ान र सहमतीय सरकारका विषयमा छलफल भएपनि कुनै सहमति भने नजुटेको स्रोतले जनाएको छ । दाहालले तत्काल बजेटका विषयमा सहमतिका लागि गरेको आग्रहलाई कोइरालालले अस्विकार गरेका थिए ।

राष्ट्रिय सहमतिको सरकार निर्माणका विषयमा सहमति नभएसम्म अन्य विषयमा छलफल हुन नसक्ने कोइरालाको अडान रहेको थियो । दुई नेताबीच करिब आधा घन्टा भेटवार्ता भएको थियो । दलहरुबीच सहमति बन्न नसक्दा सरकारले ल्याउन लागेको पूर्ण बजेट रोकिएको छ । अर्कोतर्फ राजनीतिक निकासका लागि संविधानसभा पुनःस्थापना गर्ने कि नयाँ निर्वाचनमा जाने भन्ने विषयमा पनि दलहरुबीच कुराकानी मिल्न सकिरहेको छैन ।
यसैबीच एमाओवादीले आज अपरान्ह चियापानको कार्यक्रम राखेको छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......