केटा केटा बिचको प्रेम सम्वन्ध र सेक्सका दृश्य समावेश गरिएको
चलचित्र ‘लभ यु म्यान’ मंसिरको २२ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रमा
राज आर्यन र सुरेश चौधरीले लिप्स किस देखि बेड सिनका दृश्य समेत दिएका छन् ।
नायक नायिका बिचका यस्ता दृश्य सामान्य लागेपनि केटा केटा बिच भने
असामान्य नै लाग्छ ।
तर ‘लभ यु म्यान’मा भने राज र सुरेशले यस्ता कैयौ दृश्य दिएका छन् । तर
चलचित्रका नायक राज आर्यनले सुरेशसँग चुम्बन र बेड सिन दिन आफुलाई
अप्ठ्यारो भएको रहस्य खोलेका छन् । सुरेशसँग लिप्स किस दिदा आफुले वान्ता
गरेको अनुभव उनले अनलाइनखबरसँग साटेका छन् । सिनेमाको छायांकन सकिएको केही
दिनसम्म पनि आफुमा समलिङ्गीले जस्तो क्रियाकलाप नगएको उनको भनाई छ ।
केटासँग अन्डरवेयर मात्र लगाएर वेड सिन दिदा धेरै नै अप्ठ्यारो भएको
राजको अनुभव छ । ‘सबैको अघि केटासँग भित्रि कपडा लगाएर चुम्बनमा लुटपुटिदा
धेरै नै गाह्रो हुदो रहेछ’ राजले अनौठो अनुभव सुनाए ।
वीपी फुयाँलको निर्देशनमा तयार भएको चलचित्र ‘लभ यू म्यान’मा राज आर्यन र
सुरेश चौधरीको रोमान्स हेर्न सकिन्छ । चलचित्र ‘सुनगाभा’मा नायिका नीशा
अधिकारी र दिया मास्केले पनि समलिङ्गीको भुमिका निर्वाहा गरेका छन् ।
चलचित्रमा काम गरिसकेपछि आफु समलिङ्गी जस्तै लागेको अनुभव केही समय अघि
नायिका अधिकारीले सुनाएकी थिईन् ।