बेलायतमा बलात्कार पीडित एक महिलाको नाम सोशल नेटबर्किङ वेबसाइटमा सार्वजनिक गर्दा ९ जनालाई जनही ६ सय २४ पाउण्ड जरिवाना भएको छ ।
उनीहरुबाट
लिइने रकम पीडित महिलालाई दिइनेछ । ९ जनाले आरोप स्वीकार गरेका छन् भने एक
महिलाले अस्वीकार गरेका छन् । उनलाई २१ जनाबरीसम्मको जमानत मिलेको छ ।
उनलाई बलात्कार गरेकोमा शेफील्ड युनाइठेड र वेल्स फटबल टिमका पूर्व स्ट्राइकर चेड इवासुलाई ५ वर्षको जेल सजाय भोलिरहेका छन् ।
बेलायती कानूनमा बलात्कार पीडितलाई
जीवनभरी आफ्नो नाम गोप्य राख्ने अनुमति छ । ९ जनाले पीडितको नाम सार्वजनिक
गर्नु कानून विपरित भएको आफूहरुलाई थाहा नभएको दावी गरेका छन् । उनीहरु सबै
बलात्कारीका नजिकका हुन् ।

