१७ कात्तिक, काठमाडौं । नेकपा एमालेका
नेता केपी ओली नर्भिक अस्पतालमा भर्ना भएका छन् ।अमेरिकामा उपचार गराएर
फर्किएको पर्सी पल्टै अवस्थ भएपछि ओली अस्पताल भर्ना भएका हुन् ।
उनको डाक्टर रमेश चोखानीया र फोक्सो
विशेषज्ञ गजेन्द्र श्रीवास्तवको टिमले ओलीको स्वास्थ्य निगरानी गरिरहेका
छन्।नर्भिक अस्पतालका कार्यकारी निर्देशक तथा मुटु रोग विशेषज्ञ भरत रावतका
अनुसार ओलीको दुबै फोक्सोमा निमोनिया देखिएको छ।
अक्सिजनको मात्रा समेत कम भएकाले उनलाई
एक्स्ट्रनल भेन्टीलेटरमा राखिएको छ । छातीमा इन्फेक्सन देखिएपछि उनलाई ब्यू
क्रस अस्पताल लगिएको थियो । त्यहाँबाट नर्भिक रिफर गरेको थियो । ज्वरोका
कारण छातीमा इन्फेक्सन भएपछि तुरुन्तै अस्पताल ल्याएको ओलीका स्वकीय सचिव
रमेश आचार्यले जानकारी दिनुभयो ।
ओलीलाई भेट्न एमाले अध्यक्ष झलनाथ खनाल, एमाले नेता भीम रावल, मुख्यसचिव लीलामणि पौड्याललगायत नर्भिक अस्पताल पुग्नु भएको थियो ।
