जापानी मन्त्रीले मैनालीसँग माफी मागे

Japan_cult-Executions-298x224 


एक महिलाको हत्या अभियोगमा निर्दोष नेपाली नागरिक गोविन्दप्रसाद मैनालीलाई १५ बर्षसम्म थुनामा राखेकोमा जापानी सरकारले औपचारिकरुपमा मैनालीसँग माफी मागेको छ ।

जापानी समाचार संस्था क्योदोका अनुसार त्यहााका न्यायमन्त्री माकोतो ताकीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि भने-’निर्दोष मैनालीलाई १५ बर्षसम्म थुन्नु परेकोका म उहाँसँग माफी माग्छु ।’ यसअघि टोक्यो उच्च अदालतले आफ्नो १२ बर्ष पुरानो फैसला उल्टाउँदै मैनालीलाई निर्दोष सावित गरेपनि औपचारिकरुपमा माफी मागिएको थिएन् । मैनाली र उनका सहयोगी तथा जापान बार एसोसिएसनका प्रतिनिधिले यो घटनामा जापान सरकारले औपचारिकरुपमा माफी माग्नुपर्ने माग गरेका थिए ।

मैनालीले भने डीएनए परिक्षण नभएको भए आफु जेलभित्रै सड्ने सायद त्यहीं मर्ने अबस्था रहेको बताएका छन् ।
जापानको क्योदो न्यूज एजेन्सी र अन्तराष्ट्रिय संचारमाध्यमले जापान सरकारले औपचारिकरुपमा माफी मागेको खवरलाई प्राथमिकताका साथ छापेका छन् । मैनाली पूर्णरुपमा निर्दोष भएको फैसलापछि अब उनको क्षतिपूर्तिको प्रकृया सुरु हुने छ ।
यता, मैनालीले भने आफुजस्तै अन्यायमा परि लामो समयसम्म बिदेशी जेलमा बस्न बाध्य नेपालीको उद्दारका लागि काम गर्ने योजना बनाएका छन् । खासगरि खाडी मुलुकमा त्यस्ता दर्जनौं नेपाली रहकाले उनीहरुको हितमा काम गर्ने योजना बनाएको मैनालीले बताएका छन् ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......