कतारमा आठ जना नेपालीलाई जेल

कतार ,5 nov : कतारको दोहा स्थित   Builtech Engineering constructing WLL नामक कम्पनीले सोहि कम्पनीमा कार्यरत आठ जना नेपालीहरुलाई जेल लगाएको छ ।
सम्झौता अनुसार  करार सकिए पछी उक्त कम्पनीमा कार्यरत नेपालीहरु exit जाने भएपछी  कम्पनीले दुर्व्यवहार गर्न थालेको थियो ।4 nov फ्लाइट तोकिएकोले 3 nov कम्पनीले settlement लिन बोलाएको थियो तर कम्पनीको नियम अनुसार करार सकिए पछी श्रमिकले पाउने सुविधाहरु कम्पनीले कटौती गरे पछी श्रमिकहरुले नम्रता पुर्वक उक्त सुविधाको माग गरेका थिए ।सोहि समयमा कम्पनीले नाचिहिदो आरोप   लगाएर  पुलिस लगाए ।पुलिस सामु यिनीहरुले युनियन खडा गर्न लागेको र ति मध्ये एकजनालाई युनियनको
नेतृत्व गरेको साथै अन्य व्यक्तिहरुलाई  कम्पनि विरुद्ध उक्साएको आरोप लगाए ।तर पिडितहरुले यस्तो कुनै काम नभएको बताए।अहिले पिडित नेपालीहरुलाई Abu Hamur, Ad Dawhah स्थित जेलमा कैद गरेका छन्।
पिडितहरुले कतार स्थित नेपालि राजदुतावास समक्ष चाडै रिहाई तथा नेपाल पठाउनकोलागि सम्बन्धित पक्षसंग पहल गरीदिन अनुरोध गरेका छन।


तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......