१८ कात्तिक, काठमाडौं । थापाथलिस्थित नर्भिक अस्पतालमा उपचाररत नेकपा एमालेका नेता केपी ओलीलाई शनिबार भारत नलगिने भएको छ ।
एयर एम्बुलेन्स नआएपछि शनिबार भारत लैजाने कार्यक्रम स्थगित गरिएको उहाँका स्वकीय सचिव रमेश आचार्यले जानकारी दिनुभयो । ‘उहाँको स्वास्थ्यमा क्रमिक सुधार आएको छ र एयर एम्बुलेन्स समयमै नआएकाले नलगिने भएको हो’ उहाँले भन्नुभयो-’भारत लैजाने नलैजानेबारे भोलि विहान निर्णय हुन्छ ।’
यसअघि ओलीलाई एयर एम्बुलेन्समार्फत भारतको मेदान्त अस्पताल लैजाने तयारी भएको थियो । शुक्रवार साँझ छातीमा समस्या देखिएपछि एमाले नेता ओलीलाई नर्भिक अस्पतालमा भर्ना गरिएको हो । दुवै फोक्सोमा समस्या देखिकाले ओलीलाई सीसीयूमा राखिएको थियो ।
हिजोको तुलनामा शनिवार ओलीको स्वास्थ्य अवस्थामा केहीमात्रामा सुधार आएको उहाँको उपचारमा संलग्न डा भारत रावलले जानकारी दिनुभयो ।
यसैबीच प्रधानमन्त्री बाबुराम भट्टराई, नेपाली काँग्रेसका सभापति सुशिल कोइराला, उपसभापति रामचन्द्र पौडेल लगायतका नेताहरु शनिबार विहानै नर्भिक अस्पताल पुगेर ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए । एक कार्यक्रममा भाग लिल अमेरिका पुगेका नेता ओली विरामी भएपछि त्यही अस्पचताल भर्ना हुनु भएको थियो । उहाँ अमेरिकामा उपचारपछि स्वदेश फर्किएको पर्सी पल्टै अस्पताल भर्ना हुनु भएको हो ।