अमेरिकाको न्यूयोर्कमा एक स्कुल खुलेको छ,
जहाँ एक विद्यार्थीको वाषिर्क पढाई खर्च मात्र ४० हजार डलर अर्थात ३५ लाख
२० हजार रुपैयाँ छ । यो विश्वको सबैभन्दा महंगो स्कुल मानिएको छ । बीबीसीका
अनुसार यस स्कुलको शाखा छिट्टै बेइजिङ, लण्डन र साओपाओलोमा खुल्नेछ ।
त्यसपछि अन्य शहरहरुमा । स्कुलको नाम एभिन्यूज द वल्र्ड स्कुल राखिएको छ ।

विद्यालयमा सबैथोक विश्वको सबैभन्दा
राम्रो हुने व्यवस्थापनको दावी छ । न्यूयोर्क शहरको इतिहासमा त यो सबैभन्दा
महंगो निजी स्कुल हो नै । प्रवन्धकले स्कुलका लागि ७ करोड ५० लाख लडर
जुटाएका छन् । स्कुलका लागि पैसा दिनेहरुका ६ सय बच्चालाई विद्यालयले भर्ना
लिइसकेको छ । एक गोदाम घरलाई परिर्वतन गरेर स्कुल बनाइएको छ ।
